मंगलसेन नगरपालीकामा बालीका भन्दा बालकको संख्या बढि

अछाम, २४जेठ २०७५ । मंगलसेन नगरपालीकामा बालिका भन्दा बालकको संख्या बढिरहेको एक तथ्याकले देखाएको छ । लिंगको आधारमा भुण हत्या गर्नु, छोराको चाहाना बढि हुनु लगायतका कारणले छोरीको सख्या घटेको अनुमान गरिएको छ ।

रुडेक नेपालले तयार पारेको मंगलसेन नगरपालिकाको बस्तुगत विबरणको मस्यौदा माथिको छलफल कार्यक्रममा यो तथ्याक सार्वजनीक गरिएको हो । मंगलसेन नगरपालीकाको आर्थिक सहयोगमा र रुडेक नेपालको प्राविधीक सहयोगमा चैत्त १ गते बाट संस्थाले नगरपालीकाका १४ वटै वडामा नगरपालीका भित्रका सबै तथ्यांक संकलन गरिएको थियो । संकलन गरिएको तथ्याक एकीकृत गरेर मस्यौदा तयारपारी मस्यौदा माथि ब्यापक छलफलगरी मस्यौदालाई अन्तिम रुप दिईएको छ ।

रुडेकले नगरपालिकाको घरधुरी, जनसंख्या, जग्गा जमीन सबै तथ्याक संकलनगरेर नगरपालिकाको सबै बिबरण समावेश गरिएको छ । संस्थाले सबै वडामा पुग्दा कसैले पनि आफनो जग्गा जमीनको सही तथ्याक दिने नगरेको रुडेक नेपालका प्रोफाईल निर्माण सहजकर्ता टिकेन्द्र भण्डारीले बताउनु भएको छ । संस्थाले चैत्र १ गते देखी नगरपालिकाका सबै वडा र टोलटोलमा पुगी तथ्यांक संकलन गरेको थियो ।

वुधवार नगरपालीकामा भएको कार्यक्रममा केही छुटेका कुराहरु वडा अध्यक्ष तथा अन्य जनप्रतिनीधी संग अन्र्तक्रियागरी समावेस गरेर नगर प्रोफाईललाई अन्तिम रुप दिईएको रुडेक नेपालका अध्यक्ष टंक ढुंगानाले बताउनु भयो । यो प्रोफाईलले नगरको विकास लगायत अन्य गतिविधी गर्न निकै सहजहुने कार्यक्रममा सहभागी जनप्रतिनीधीहरुले बताएका छन । लिंग पहिचान भुणहत्या गर्ने हुँदा यो संख्या घटेको अनुमान गरिएको रुडेक नेपालका प्रोफाईल निर्माणका सहजकर्ता भण्डारीले बताउनु भयो ।

भवानी प्रसाद भण्डारी

 

  • 38Read This News:
  • 417302Total reads:
  • 230059Total visitors: