Domestic

Shey Phoksundo Lake Trek


Pokhara (पोखरा)

पोखरीहरुको शहरको रुपमा रहेकोले यो शहरको नाम पोखरी रहेको अनुमान गर्न सकिन्छ । पछि यो वोलीचालीको रुपमा पोखरा भएको अनुमान गर्न सकिन्छ । नेपालको चेहरापुँजीको रुपमा परिचित स्थानको नाम हो पोखरा । पोखरा समुन्द्र सतह देखि ९०२ मिटर उचाइमा रहेकोछ । पोखरा नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलको कास्की जिल्लामा अवस्थित नेपालको दोश्रो ठुलो उपत्यका हो । पोखरा समशितोष्ण प्रकृतिको हावापनी भएको क्षेत्रको हो । यो क्षेत्रमा विभिन्न जातजातीको वसोवास भए पनि प्रमुख गुरुङ्ग,मगर र अन्य जातजातीहरुको वसोवास पाइन्छ ।

नेपालमा एक महानगरपालिका, तिन उपमहानगरपालिका रहेकोमा पोखरा पनि एक उपमहानगर पालिका हो । पोखरा देशको राजधानी काठमाण्डौवाट मात्र २०० किलोमिटर पश्चिमको दूरीमा रहेकोछ पोखरामा विभिन्न १० हिमाली सृङ्खला र ७ ताल छ  हिमाली सृङ्खलामा माच्छापुच्छ्रे, अन्नपुर्ण, धवलागिरी,मनास्लु आदी पर्दछ यो पोखरावाट ३० माइल उत्तरमा पर्दछ भने तालमा फेवाताल, रुपाताल, वेगनास ताल, खाष्टे, मैदि, दिपाङ्ग आदी ताल छन् । देशको विभिन्न क्षेत्रवाट पोखरा जानआउनकोलागि यातायातको साधनको व्यवस्था छ । अझ आफ्नै सवारी साधन हुनेलाइ त खासै समस्या हुदैन । पोखरा जानकोलागि काठमाण्डौवाट विभिन्न सवारी साधनको व्यवस्थाछ । काठमाण्डौवाट जहाज, वस, कार आदिको व्यवस्था छ ।

यदि तपाइ रमाइलो तथा घुमघामकोलागि प्रयाप्त समय मिलाएर पोखरा जाँदैहुनुहुन्छ भने काठमाण्डौको नयाँ वसपार्कवाट विहान ७ वजे देखी दिउसो २ वजे सम्म र वेलुकी ६ वजे पछि राती ९ वजे सम्म र्सार्वजनिक वसको व्यवस्थाछ । यस्तै प्रत्येक दिन विहान ६ वजे देखि दिउसो ४ वजे सम्म प्रत्येक आधा आधा घण्टामा माइक्रोवसको पनि व्यवस्थाछ । यसैगरि प्रत्येक दिन विहान विभिन्न ट्राभल्स एजेण्ट मार्फत पर्यटक वसको व्यवस्था गरेकोछ यो वस काठमाण्डौवाट पोखराका लागि विहान ७ वजे र पोखरावाट काठमाण्डौकालागि विहान ७:३० वजे छुट्छ । काठमाण्डौवाट पोखरा जानकोलागि रु ३०० देखि रु १२०० सम्म वस भाडा लाग्छ । यो वसले दिने सुविधा अनुसार फरकफरक हुन्छ ।

पोखरा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चल, कास्की जिल्लाकोउत्तर पश्चिम क्षेत्रमा अवस्थित छ । नेपालको चेहरापुञ्जीको रुपमा पोखरालाइ लिइन्छ । यस क्षेत्रमा सवै भन्दा वढी पानी पर्ने गर्दछ ।गर्मी महिनामा २५ देखी ३५ डिग्री सेल्सियस र जाडो महिनामा २ देखी १५ डिग्री सेल्सियससम्म को तामक्रम हुन्छ । पोखरामा सवैभन्दा वढी गल्छी वनाएर सेती नदी वगेको हामी देख्न सक्छौ । पोखरा १२ किलोमिटर उत्तर दक्षिण र ६ किलोमिटर पुर्व पश्चिम फैलिएकोछ । यो शहर काठमाण्डौ भन्दा शान्त र सुन्दर शहरको रुपमा मानी आएकोछ । पोखरा वजारलाइ विभिन्न खोला, नदिले चारदेखी पाँच खण्डमा विभाजन गरेको पाइन्छ । पोखरा विभाजन गर्ने नदीखोलाहरुमा फुस्रेखोला, विजयपुर खोला, सेती खोला, फिर्केखोला, कालीखोला, हर्पनखोला, याम्दी खोला, फेदी खोला, काँहु खोला, भलाम खोला, भुजुङ्ग खोला आदी पर्दछ ।

वासको व्यवस्था

पोखरामा वास वस्नकोलागि होमस्टे देखी विभिन्न प्रकारका होटल, लज, गेष्टहाउस तथा रिसोर्टहरु छन् । तपाइ आफ्नो वजेट अनुसार वासवस्ने सुविधा लिनसक्नु हुनेछ । पोखरामा रु ७०० देखी रु ३००० सम्मको नेपालीले वासवस्ने सुविधा पाउनुहुनेछ । पोखरामा वसपार्क, न्युरोड, महेन्द्रपुल/चिप्लेढुङ्गा, वगर यसका साथसाथै लेकसाइड, ड्यामसाइड, वैदाम, खहरे आदी क्षेत्रमा वस्नकालागि उपयुक्त स्थानको रुपमा लिइन्छ । पोखरामा तपाइ तथा तपाइको परिवार होमस्टे सुविधाको पनि अनुभव गर्न सक्नुहुनेछ । यो अन्नपर्ुण्ा क्षेत्र संरक्षण क्षेत्रमा विशेसगरी व्यवस्था गरेकोछ ।

 खाना सुविधा

पोखरामा खानाकोलागि थकाली खाना अति चर्चामा छ । थकाली खाना सवैभन्दा स्वादिलो र फरक प्रकारको पाउनु हुनेछ । यसका साथसाथै यहाँ विभिन्न परिकारका खाना उपलव्ध हुने रेष्टुरेण्टको व्यवस्था गरेकोछ । यहाँ नेपालीको अलावा, इन्डियन, इटालियन, मेक्सिकन, चाइनिज, थाइ आदी विभिन्न देशका खानाका परिकारहरु पनि पाइने रेष्टुरेण्टको व्यवस्था छ । पोखरामा महेन्द्रपुल/चिप्लेढुङ्गा, लेकसाइड एरियामा विभिन्न प्रकारको रेष्टुरेण्टहरु पाइन्छ ।

पर्यटकीय क्षेत्र

धार्मीक क्षेत्र

पोखरा विभिन्न जातजातीको वसोवास गर्ने थलोको रुपमा लिइन्छ । यहाँ हिन्दु, मुस्लिम, इसाइ, वौद्ध धर्मावलम्वीहरुको वसोवास पाइन्छ । पोखरामा विभिन्न मन्दिर, वौद्ध गुम्वा, मस्जिद, चर्चहरुपनि छन् । पोखराको प्रसिद्ध मन्दिरहरुमा तालवाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर, भिमकाली मन्दिर, गणेश मन्दिर, भद्रकाली मन्दिर, शितलादेवी मन्दिर आदि प्रसिद्ध छ भने गुम्वामा माटेपानी गुम्वा, शान्ति स्तुपा आदी छ । यसका साथसाथै पोखराको माटेपानी नजिक मुस्लिम वस्ती छ । यो वस्तीको नामलाइ मियाँगाऊँ भनिन्छ । यो गाउँमा मस्जिद छ ।

तालवाराही मन्दिर

पोखराको दक्षिण पश्चिममा फेवाताल छ । यस फेवातालको करिव करिव विच भागमा वराहको अवतारको रुपमा वाराही मन्दिर छ । यस मन्दिर जान आउनको लागि डुङ्गाको सवारी गर्नु पर्दछ । यस मन्दिर परिसरमा मायाको चिनोको रुपमा फोटो खिच्ने गरिन्छ र फोटो खिच्नकोलागि फोटोग्राफरको पनि व्यवस्था गरिएकोछ । यस तालवाराही मन्दिरपरिसरमा माछामार्नकोलागि कुनैप्रकारको जाल वा वल्छिको प्रयोग गर्न पाइदैन भने माछालाइ खाना ख्वाउनकोलागि माछाको खाना मन्दिर परिसरमा पाइन्छ । सो खाना खरिदगरी माछालाइ ख्वाउन पाइन्छ ।

 

विध्यवासिनी मन्दिर

पोखरा वजारको उत्तर पश्चिम क्षेत्रको थुम्कोमा विभिन्न देवी देवताको मन्दिर एकैस्थान अवस्थित छ । यस क्षेत्रमा भगवती (विन्ध्यवासिनी)को मन्दिरको साथसाथै शिव मन्दिर, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, हनुमान मन्दिर आदि अवस्थितछ । यस मन्दिर परिसरमा संस्कृत पाठशाला, भजन मण्डली, विवाह यज्ञ, संगित पाठशाला आदिको पनि व्यवस्था गरिएकोछ । यस विन्ध्यवासिनी मन्दिर परिसरवाट हिमाली सृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

 

 भिमकाली मन्दिर

पोखराको उत्तर पुर्वमा विशाल ढुङ्गामा भीमकालीको मन्दिर अवस्थित छ । यो पोखराको पृथ्वीनारायण वहुमुखी क्याम्पस परिसरमा सेती गण्डकी र काली खोलाको संगम स्थलमा अवस्थितछ ।

भद्रकाली

पोखरा वजारको पश्चिमतर्फ माटेपानीमा जंगलको विचमा भद्रकालीको मन्दिरछ । यो मन्दिर परिसरमा गणेशको पनि मन्दिर छ । यस मन्दिरमा विशेषगरी दशैकोवेलामा वढि दर्शनार्थी आउने गर्छन । यस परिसरमा विवाह गर्नको लागि विशेष व्यवस्था गरेकोछ । यसको साथै पिकनिकस्थलको पनि व्यवस्था गरिएकोछ ।

वौद्ध गुम्वा

पोखारा वजारको पश्चिम तर्फमाटेपानीमा भद्रकाली मन्दिरको ठिक सामुन्नेको डाडाँमाछ वौद्ध गुम्वा । यो वौद्धमार्गीको प्रमुख गुम्वाको रुपमा लिइन्छ । यस गुम्वामा वौद्ध दर्शन सम्वन्धि ज्ञान पाठशाला पनि छ । यसका साथै पोखराको मुख्य भागमा अर्थात पोखराको तेर्सापट्टीमा धर्मशीला वौद्ध विहारपनि छ । पोखरामा हिनयान तथा माहायान दुवै समुहको वौद्ध धर्मावलम्वीहरु वसोवास गर्ने गर्दछन् । यसका साथै पोखरामा तिव्वती शरणार्थीको वसोवास भएकोले पनि वौद्ध धर्मावलम्वीहरु धेरै भेटिन्छन् ।

पोखराको दक्षिण पश्चिम तर्फफेवाताल पारीको वनको माथी टुप्पामा शान्ति स्तुपापनि छ । यो स्थानमा जानकोलागि पोखराको फेवातालवाट डुङ्गा चढेर पारीगएर पैदल माथी जान सकिन्छ भने सवारी साधनवाट पनि सिर्द्धार्थ लोकमार्ग हुदै जान सकिन्छ ।

पर्यटक क्षेत्र

पुरानो वजार

पोखरा वजारको शुरुवात करिव ३०० वर्षभन्दा अगाडी देखी शरु भएको अनुमान गरिन्छ । यस पोखरा वजारमा वस्ती वस्नु अगाडी पोखरा आसपासका पहाडी अग्लो क्षेत्रमा जस्तै कास्कीकोट, सराङ्गकोट, चापाकोट आदि क्षेत्रमा विषेशगरी गुरुङ्ग जातीको वसोवास भएको पाइन्छ । पछि पोखरामा वजार विस्तार गरियो । यसरी पोखरामा वस्ती विस्तार गर्नेक्रममा मात्र २६ वटा घर निर्माणगरी वस्ती विस्तार गरिएको थियो । यो वस्तीनै हाल पुरानो वजारले परिचित छ । योवजार २६वटा घरवाट शुरुभएकोले यस पुरानो वस्तीको पुरानो नाम २६ कुरीया रहेको पाइन्छ । यो वस्ती पोखराको ड्याम साइड देखी विन्ध्यवासीनी मन्दिर वगर सम्मको क्षेत्र पर्दछ । यस क्षेत्रमा पुरानो घर तथा मन्दिरहरु देख्न पाइन्छ ।

 

नयाँ वजार

पोखराको प्रमुख वजारको रुपमा महेन्द्रपुल-चिप्लेढुङ्गा)वजार, पृथ्वीचोक, सिर्जनाचोक, वगर, पेन्सन क्याम्प, लेकसाइड आदी पर्दछ । तर प्रमुख वजारको रुपमा महेन्द्रपुललाइ लिइन्छ । यस क्षेत्रमा दैनिक आवश्य  सम्पुर्ण सामान पाइने क्षेत्रको रुपमा यो वजार परिचित छ । महेन्द्रपुलमा वुद्धविशाल वजारका साथै थुप्रै सानासाना सपिङ्ग मलहरु छन् । यस वजारमा भाटभटेनी सुपर मार्केट, सेलेवेज सुपरमार्केट, विनायक स्टोर्स, वेवील्याण्ड आदी चर्चित स्टोर्सका साथै थुप्रै फेन्सीपसलहरु छन् । यस क्षेत्र किताव पसलको प्रमुख क्षेत्रको रुपमा पनि चर्चित छ । महेन्द्रपुलवाट सेती खोलाको सवैभन्दा ठुलो गल्छीपनि देख्न सकिन्छ ।

संग्रहालय

पोखराको अर्को गन्तव्यको रुपमा यहाको संग्रहालयहरु पनि पर्दछ । पोखरामा ४ वटा संग्रहालय छ । यस अन्तर्गत पोखराको पृथ्वीनारायण कलेज हाताभित्र पुतलीको वारेमा जानकारी दिलाउनकोलागि एक संग्रहालयको स्थापना गरिएको छ । यसैगरी जातजातीको जानकारी गराउने उद्देश्यले आर्को संग्रहालयको व्यवस्था गरिएकोछ भने । पर्वतारोहणको वारेमा तथा हिमाली क्षेत्रको रहनसहनको वारेमा जानकारी दिलाउने उद्देश्यले पर्वतारोहण संग्रहालयको व्यवस्था गरेको छ । यो संग्रहालय पोखराको दक्षिण पुर्व घारीपाटन भन्ने स्थानमा अवस्थित छ । यस संग्रहालयमा देश तथा विदेशको पर्वतारोहण सम्वन्धि जानकारी हासिल गर्न सकिन्छ ।

फेवा जलविद्युत केन्द्र

पोखराको दक्षिण भागमा पोखरा वजारलाइ विद्युत आपुर्ति गर्नकालागि फेवातालमा वाँधवाधी नहरवनाइ सो जलविद्युत केन्द्रवाट विद्युत निकाली पोखरा वजारमा विद्युत आपुर्ति गर्ने गर्दथ्यो । पछि पोखराको वस्ती विकास संगसंगै सो विद्युत केन्द्रवाट उत्पादन भएको विद्युतले पोखरा वजारलाइ प्रयाप्तमात्रामा विद्युत आपुर्ति गर्न नसकेपछि यो जलविद्युत केन्द्र काठमाण्डौको फर्पिङ्ग जलविद्युत केन्द्र जस्तै पर्यटक क्षेत्रमा परिणत भएकोछ । काठमाण्डौमा विद्युत आपुर्तिगर्न निर्माण गरेको पहिलो जलविद्युत केन्द्र फपिङ्ग भए झै पोखरामा विद्युत आपुर्तिगर्न निर्माण गरिएको पहिलो जलविद्युत केन्द्र फेवा पावर हाउस हो । यसको अलावा पोखरामा सेती जलविद्युत केन्द्रपनि छ ।

डेभिज फल/पातले छाँगो

फेवातालको पानी वाहिर जाने पोखराको दक्षिण भागमा रहेको फ्रुस्रेखोलामा गएर मिसिने सानो खोला हो । यस खोलाको माटो वलौटे भएको कारण माटो खोलाले खोस्रदै तल प्वाल पारेर ठोलो झरनाको रुप लिएकोछ । पुरानो भनाइ अनुसार यस क्षेत्रमा डेभिड नाम गरेको एक विदेशी पर्यटक पौडी खेल्दै जादाँ यस क्षेत्रमा खसेर डुवेको कारण यस क्षेत्रको नाम डेभिड फल रहन गएको भनाइ छ । यस क्षेत्रमा घुम्ने वेला असार र साउन महिना उपयुक्त महिना मानिन्छ ।

गुप्तेश्वर गुफा

डेभिड फल संगै गुप्तेश्वर महादेवको गुफा छ । यो गुफा वि.सं. २०५० सालमा एक साधुले पत्ता लगाएको हो । सो साधु सोहि क्षेत्रमा वस्ने गरेको र एक रात उनलाइ सपनामा एस क्षेत्रमा गुफा भएको र नाग भएको सवैलाइ विहान सुनाए र उनले भने वमोजिम सो स्थानको खोजी गर्दा साँच्ची कै गुफा फेला परेको हो । सो साधुलाइ नाग र शिवको सपनामा सो गुप्तगुफाको वारेमा जानकारी दिएकोले सो गुफाको नाम गुप्तेश्वर महादेव गुफा राखिएको हो । यो गुफा भित्रवाट पातले छाँगा/डेभिड फलवाट झरेको झरना तथा पानी स्पष्ट रुपमा देख्न सकिन्छ । सो झरनाको पानी यहि गुफा हुँदै फस्रेखोला गएर मिसिन्छ ।

शान्ति स्तुपा

गुप्तेश्वर गुफा र डेभिड फल पछि सोहि वाटो शिर्द्घार्थ लोकमार्ग हुँदै केहि पर गएपछि पोखराको पश्चिम दक्षिण भागको डाडामा रहेको शान्ति स्तुपा पुगिन्छ । यो मार्ग सवारी साधनमार्फ स्तुपा जानकोलागि हो । शान्ति स्तुपा जानको लागि फेवातालवाट डुङ्गावाट पारी गएर गुरुङ्ग कटेज हुँदै हिडेर जंगलको वाटो भएर पनि जान मिल्छ । शान्ति स्तुपामा मोटरवाटोवाट मोटरमा गएमा करीव १५ मिनेट हिड्नु पर्दछ भने फेवाताल पारीवाट करिव १ घण्टाजति हिड्नु पर्दछ । शान्ति स्तुपावाट पोखरा वजार, फेवाताल, हिमाली सृङ्खलाको दृश्यावलोकनकोलागि उत्तम क्षेत्र मानिन्छ । यसका साथसाथै पोखरा वजार भन्दा केही पर शान्त क्षेत्रमा यो स्तुपा रहेकोले केहिवेर आराम तथा शान्तिकोलागि उपयुक्त क्षेत्र मानिन्छ ।

लेकसाइड/फेवाताल

पोखराको पर्यटकीय क्षेत्रको रुपमा चिनीने क्षेत्र लेकसाइड हो । यो क्षेत्रलाइ काठमाण्डौको ठमेल भनिन्छ । किनकी यस क्षेत्रमा प्रमुख रुपमा विदेशी पर्यटक वढिमात्रमा देखिन्छन् । यसका अलावा यस क्षेत्रमा विभिन्न देशका परिकार पाइने रेष्टुरेण्ट तथा वस्नकोलागि विभिन्न सुविधाका होटल, गेष्ट हाउस पाइन्छ । पोखराको प्रमुख घुम्ने क्षेत्र भनेको यो लेकसाइड क्षेत्र हो । यस क्षेत्रमा दिउसो भन्दा रात्री कालीन जीवन अझ रोचक हुन्छ । यो क्षेत्र पोखराको ड्याम साइड देखी रत्नमन्दिर, हल्लनचोक र वुलौदी खोला सम्म फैलिएको छ । फेवातालमा डुङ्गा सयर गर्नु अर्को रमाइलो क्रिडा हो यो क्षेत्रको । यस फेवातालमा डुङ्गा सयर गर्न विभिन्न प्रकारका डुङ्गाको व्यवस्था गरेको छ । डुङ्गा घण्टा, आधा दिन वा दिनभरको लागि भाडामा पाइन्छ ।

 खपौडी/पामे

फेवातालको किनारै किनार पिच सडक फेवातालको शिरान अर्थात फेवातालमा जम्माहुने पानीको मुहान हर्पन खोला जाने वाटो छ । यस हर्पन खोला हर्ेर्ने स्थानलाइ पामे भनिन्छ । पामेवाट अगाडी वढपछि गुरुङ्ग जातीको उद्गम स्थल आउछ । भने यो पामे जानेवाटो विच भागलाइ खपौडी भनिन्छ । यस खपौडीवाट फेवाताल सुरुहुन्छ । खपौडी माछाको परिकार विषेशगरेर फेवातालको स्थानिय जातको माछा -फगेटा) को परिकारकोलागि प्रशिद्धछ । यस क्षेत्रमा आउन जानको लागि पैदल, साइकल, मोटरसाइकल, तथा अन्य सवारीसाधनको प्रयोग गर्न सकिन्छ ।

महेन्द्र तथा चमेरे गुफा

पोखराको उत्तर भेगमा महेन्द्र गुफा छ । यसको करिव ५०० मिटर आसपासमा चमेरे गुफा छ । महेन्द्र गुफा पोखराको पहिलो गुफा होभने चमेरे गुफा दोश्रो गुफा हो । चमेरे गुफामा चमेराहरुको वासस्थान छ । चेमेराको वासस्थान भएको कारण यस गुफामा वत्तीको व्यवस्था छैन भने महेन्द्र गुफामा वत्तीको व्यवस्थाछ ।

सराङ्गकोट र खेल

पोखरा वजारवाट उत्तर पश्चिममा फेवातालको शिरानमा सराङ्गकोट पर्दछ । यस क्षेत्रवाट पोखराको प्रभाती किरणको मज्जा लिन सकिन्छ । यस स्थलवाट प्रभाती सुर्यको किरणले हिमाललाइ चुमेको हेर्न साह्रै रमाइलो हुन्छ । यसका साथै पोखरावाट देखिने हिमाली सृङ्खला राम्रोसंग देखिन्छ । यस स्थानवाट प्याराग्लाइडिङ्ग, जीपफ्लाइङ्ग जस्ता  खेलको मनोरञ्जन लिन सकिन्छ ।

वेगनासताल/रुपाताल

पोखारावाट करिव १३ किलोमिटर पुर्व पृथ्वी लोकमार्गमा वेगनास ताल र रुपाताल पर्दछ । वेगनास ताल पोखराको दोश्रो ठुलो ताल हो भने रुपाताल तेश्रो ठुलो ताल हो । यसका अलावा अन्य सानासाना तालहरुपनि पोखरामा छ । वेगनास ताल र रुपाताल संगसगैछ । यस दुइ ताललाइ सुन्दरी डाडाले विभाजन गरेकोछ ।

यसका अलावा पोखरामा विभिन्न भ्रमण क्षेत्रहरु छन् । तपाइ आफ्नो भ्रमणको समय अनुकुल घुमघाम गर्न सक्नुहुन्छ । भ्रमण गर्न सकिने क्षेत्रमा छोटो दुरीको भ्रमणकोलागि पोखरा वजार तथा आसपासको विभिन्न मठमन्दिर, वजार, पर्यटकीय क्षेत्र, संग्रहालय, तालतलैया आदीको भ्रमण गर्न सकिन्छ भने लामो दुरीको भ्रमणमा धम्पुस, घान्द्रुक, पुनहिल/घोडेपानी, पञ्चासे, सिग्लेस आदी क्षेत्रमा पैदल यात्रा गर्न सक्नुहुन्छ ।

– विस्थापित पोखरेली