ठेगानासहित सम्पर्क नम्बर पनि उल्लेख गर्नुहोला

ठेगानासहित सम्पर्क नम्बर पनि उल्लेख गर्नुहोला

सन २००० पछी बिश्वमा सञ्चारमा फरकपनाको शुरुवात भयो । यसैक्रममा विभिन्न सामाजिक सञ्जालको शुरुवातहुन थाल्यो जस्तैः फेसबुक, ट्विटर, इन्टाग्राम, हाइफाइभ, लिंकडइनसंगै ब्लग र युट्युव आदीआदी । कोतवाल प्रथाबाट शुरुभएको सञ्चार पत्रपत्रिअका, रेडियो, टेलिफोन टीभी हुँदै अहिलेको अबस्थामा आएको हो ।
सन २००९ मा यो युट्युव रजिष्टर गरेर रेडियो नेपालकर्मी साथीहरुलाई आफ्ना सिर्जना संग्रह गर्न र यसरी नयाँ सञ्चार माध्यममार्फत श्रोता दर्शक सम्म पुर्याउन सकिन्छ भन्ने जानकारी दिनको लागि यो युट्युव, ब्लग, फेसबुक पेज, ट्विटर आदी रजिष्टर गरेर केही साथीहरुलाइे सिकाउनको लागि दर्ता गरेको थिए ।

पछिल्लो समय केही बर्ष अगाडी कोरोना महामारीका कारण घरबाट बाहिर निस्कन नपाए पछी यही सामाजिक सञ्जालमा ब्यस्त हुन थालियो र केही समय पस्चात मोनिटाइजेसनको प्रकृयामा पनि गैयो । यसैक्रममा गुगलएडसेन्सले भुक्तानीको लागि कन्फर्मेशन कोडको लागि निवेदन दिनकोलागि अनुरोध गरे अनुसार निबेदन दिए ।

https://www.youtube.com/live/fnHckARZ-BE?si=iPNleZ-cp69WXohw


निबेदन दिएको २ हप्तामानै हामीले पठाएको ठेगाना अनुसार कोडको पत्र पठाएछ । तर नेपालको हुलाक सेवाले घरघरमा ल्याउन छोडेको रहेछ । त्यही भएर करिब ६ महिना देखी इलाका हुलाक कार्यालय सानो ठिमी भक्तपुरमा नै त्यो पत्र बस्यो हाम्रो हातमा परेन ।

यि र यस्तै पत्र थुप्रै साथीहरुको त्यही इलाका हुलाक कार्यालयमा भएको र तपाइहरु तपाइको नजिकको हुलाक कार्यँलयमा गएर बुझ्नु होला कतै तपाइको पनि पत्र त्यही कार्यालयमा अलपत्र परेको छकी । इलाका हुलाक कार्यालय सानोठिमी भक्तपुरमा यस्ता थुप्रै पत्र छ तपाइको पनि हुन सक्छ कृपया गएर लिनुहोला ।

नयाँ साथीहरुले गुगलएडसेन्सको कन्फर्मेसन कोडकोलागि अनुरोध गर्दैहुनुहुन्छ भने कृपया आफ्नो ठेगाना सहित सम्पर्क गर्ने फोन नम्बरपनि उल्लेख गरिदिनु होला तकी हुलाकका कर्मचारीले तपाइको पत्र आएको जानकारी दिन सजिलो होस ।

यस्ता समस्या भएका साथीहरुको जानकारीको लागि यो भिडियो राखेको हो

https://youtube.com/live/fnHckARZ-BE?feature=share

 

  • 24Read This News:
  • 294411Total reads:
  • 145506Total visitors: