(१)
एउटा फूल फुल्न नपाई झर्यो कोपिलामै
दैवले नी बज्रपात गर्यो कोपिलामै
थिए होलान् उसका पनि रहर मुटुभरी
पूरा नहुँदै पापी हात पर्यो कोपिलामै
फुल्दो हो त थुप्रै हुन्थे झर्दा कठै भन्ने
विचरो त्यो नफक्रदै मर्यो कोपिलामै
होचैंलाई घोंचो हुन्छ भन्थे बुढापाका
कोही आई छानिछानि हर्यो कोपिलामै
निमोचेर फुलको वास्ता दिन्न भन्दै कोही
पत्र पत्र पारी भर्ूर्ँइ भर्यो कोपिलामै
(२)
मित्र भित्रै मलाई मायाँ गदिरहिछे काली
मैले देख्छु भनि टाढा पदिैृरहिछे काली
मैले पनि खोज्थें हर्ेन लुकिलुकी उसलाई
मैले देख्दा उसले आँखा तर्दि रहिछे काली
मनले खाको कोही छैन भन्दै साथीसँग
मेरै नाम डायरीमा भर्दिरहिछे काली
दुनियाँको आँखा छल्न यत्ति गदिरहिछे
यता मन उता मुस्कान र्छर्दिरहिछे काली
काहिलेकाँही ”सागर”लाई नदेखेको दिन
बैचैन्ले छटपटाएर मर्दिरहिछे काली
(३)
बन्धन र बाधामै बित्लानी जिन्दगी
भाउ खाँदा खाँदैमा बित्लानी जिन्दगी
चाउरी परेनी गाला, त्यो ब्युटि पार्लर
आउँदा र जाँदामै बित्लानी जिन्दगी
उमेरमा नखरा, नगर सुन्दरी
फूल रोज्दा काँढामै बित्लानी जिन्दगी
हामी मिले संसार अझै रंगिन हुन्छ
नत्र सेतो सादामै बित्लानी जिन्दगी
यौवन गर्मी नतापे प्रितको याममा
समयको जाडोमै बित्लानी जिन्दगी
(४)
भमराको अधिकारमा माकुराले चर्दै गर्दा
स्वाभिमानको ब्रि्रोहले फूलहरु झर्दै गर्दा
काँढाकाढँा मिलिजुली एउटा झुण्ड तयार गरें
बोट सम्हाल्ने फूलको वास्ना जरुरत पर्दै गर्दा
मिल्नु भन्नु भन्नुमात्रै घोँच्छ काँढा काँढा पनि
एउटा ऋतु गुज्र्यो त्यसै अंशवण्डा गर्दै गर्दा
फूल काँढा जे भएनी पात पोस्छन् तिन्लाई तर
काँढा घुम्छ अर्कै बोट रोगले पात झर्दै गर्दा
मिलौं भन्दै फूललाई झुक्याई दंग पर्छन काँढा
अर्कै बोटले आफ्नो भर्ूर्ँइ जरा फिँजाई मर्दै गर्दा
बोमलाल गिरी
यात्रा मेरो सुमधुर नयाँ ज्योतिको मार्ग खोज्छ
खेप्दै पीडा हृदयभरिको शान्तिको धाम रोज्छ
इच्छा यौटै सहज मनको राष्ट्रको एकतामा
सक्छौं फाली सब कलुषता रम्न सद्भावनामा !!
शान्ति यात्रा धुमिल नबनी लक्ष्यमा पुग्न पाओस्
(बाटोमा क्यै अडचन भए दूरमा नै बिलाओस्)
उठ्लान् बैरी कति कति बनी शान्ति रोक्ने दिवार
फुट्लान् आफैँ कण कण बनी भूमिमा बार बार !!
मेरो यात्रा अविरल यहाँ बग्न खोज्दैछ देऊ
जागा होऊ प्रगतिपथमा विघ्न बन्नै नदेऊ
यो यात्राका पदकमल यी पश्चगामी न होऊन्
पैताला यी सलबल गरी अग्रतामै रमाऊन् !!
आओस् जस्तै पनि विषमता विघ्न टारी म बढ्छु
होलान् केही गलतफहमी हेरी सच्चाइ छर्छु
साँच्चै हो यो नवलयुगको दुन्दुभीघोष जान
त्यागी सारा छलकपट ती साथका नौजवान !!
ए मान्छे ! हो उठन अवता हेर आकाश नौलो
फैल्यो आभा गगन अब झन् देखिने भो सुनौलो
हातेमालो गरिकन कतै टिप्छु तारा कि टप्प
डुब्लान् छेक्ने कुटिल सब ती मार्ग यो हुन्न ठप्प !!
-रत्नावली शर्मा
”गजल”
”गजल”
एकपटक हातमा आगो लिएर त हेर
आगै आगो बीचमा जीवन जिएर त हेर
सुखसयल तिम्रो प्यारो कुर्सीमानै बसिराछौ
बर्षेझरी परिश्रम सम्झिएर त हेर
सानो ठान्छौ सहिदको बलिदानी संघर्षलाई
एकमुठी देशलाई रगत दिएर त हेर
-सुनिता खनाल
बौलाहा कबि …
मेरो प्रिय कबि
तिमीले लेखेको सब्द संगालोलाई किनेर ल्याए बजार बाट
तिमि जस्तै प्रिय लागे ,तिम्रा सब्धहरु पनि मलाई
म प्रतेक छटपटीमा , तिमीलाई झिकेर र्याकबाट
आखाले पडछु .मनले सुन्छु …र मस्तिस्कमा राखछु
Songs From Facebook
गित
जाली तमसुक देखाए झैँ नदेखाऊ आधिकार
सक्छौ भने नारी तिमि आफैलाई निखार
आधिकार माग्छौ तिमि तिम्लाई यहाँ कसले दिने
देख्या छैन मैले यहाँ आधिकार दिने लिने
लुटे,कुटे,लुटिए भन्नु यहाँ कुनै अर्थ छैन
मानसिकता बदलौन ! समय ब्यर्थ छैन ।
जुनिता ढकाल सुव्वा
कमलाको कमाल दुबै हात एउटा गोडा नभएर पनि समाजमा महत्वपूर्ण योगदान
कमलै उमेरमा कमलाको जिवनमा एउटा ठूलो बज्रपात भयो । उनी जम्मा १२ वर्षकी थिइन् त्यस्तो बज्रपात हुँदा । भनिन्छ, बालबालिकाहरु निश्चल र निश्कपट हुन्छन् । जिज्ञासु हुनु बालबालिकाको स्वभाब हुन्छ । नयाँ कुरा जान्नका लागि अरुहरुसँग प्रश्न गरिरहनु र नयाँ प्रयोग गर्न खोज्नु बालबालिकाहरुको साझा गुण नै हो । उनीहरुको मनमा रिस, द्वेश र अहंकार हुँदैन । त्यस्तै थियो उनको मन पनि । नयाँनयाँ सपना देख्ने उमेर पनि नभइकन एक दिन उनको जिवनमा ठूलो आँधिबेहरी आयो । सपनाको कोपिला नै नलागि उनका सारा सपना आँधेबेहरीले उडाएर लग्यो । काभ्रेपलाञ्चोक जिल्लामा जन्मेकी कमला श्रेष्ठको जिवनमा कसरी आयो त त्यस्तो ठूलो आँधि ? उनी भन्छिन्–“इन्द्रजात्राको दिन थियो घर नजिकैको एउटा भाइले चङ्गा उडाउँदै थियो । चङ्गा हाइटेन्सन लाइनको तारमा अड्किएछ । मलाई झिकिदिन भन्यो । घरको छतमा गएर मैले फलामको रडले त्यो चङ्गा झिकिदिन खोजिछु । मलाई थाहा थिएन कि त्यस्तो होला भनेर । मलाई एघार हजार केभी लाइनमा आएको करेण्ट लागेछ ।”
त्यसरी करेण्ट लागेपछि २ महिनासम्म पूरै उनको होस् आएन । होस्मा आउँदा उनका दुबै हात र एउटा गोडा काम नलाग्ने भएको थाहा भयो । अहिले उनका दुइवटै हात काटिएका छन् । एउटा गोडा पनि त्यसैगरी तिघ्राबाट नै काट्नुपरेको छ । उनलाई कहिलेकँही त्यतिबेला चंगा झिक्न नगएको भए यस्तो अवस्था हुने थिएन कि भन्ने पनि लाग्छ । अलि आर्थिक स्थिति कमजोर भएको परिवार भए उनको उपचार सम्भव थिएन । आप्mना सन्तानलाई बचाउन उनका बाबुले कुनै कसर बाँकी राखेनन् । देश विदेश जहाँ लानु परेपनि पछि परेनन् ।
कमलालाई अरुले नै खुवाई दिनुपर्छ । मुख धुन र नुहाउन पनि उनी सक्दिनन् । तर उनले अरु सबैजसो कामहरु भने आपैंm गर्न सक्छिन् । उनी मुड चलेका बेलामा कोठा सफा गर्ने बताउँछिन् । यो पंक्तिकार उनको घर डल्लु काठमाडौं पुग्दा मस्किएर मोबाइलमा फेसबुक चलाइरहेकी थिइन् । सोफाका दुबै विटमा दुइवटा मोबाइल थिए । ल्यापटपमा काम गर्न सक्ने पनि उनले बताइन् । अचम्मको कुरा दुबै हात काटिएका छन् उनको ।
उनीसँग रेडियो कार्यक्रम सञ्चालन गरेको अनुभव छ । अपाङ्गता भएका मानिसहरुको अधिकारलाई स्थापित गर्न उनले रेडियो कार्यक्रम चलाएको सुनाईन् । उद्घोषक तालिम लिएकी कमलाले रेडियोमा काम गरेपछि टेलिभिजनमा काम गर्ने अवसर पाइन् । अहिले हिमालय टेलिभिजनमा समाचार पढ्छिन् उनी । उनी भन्छिन्–“शुरुमा त टिभीमा काम गर्न सक्दिन कि भन्ने थियो । तर भएभरको हिम्मत बटुलेर सक्छु भन्ने जवाफ दिएँ ।” आखिरीमा उनको हिम्मतले काम गरेरै छाड्यो । उनी छ महिनाभन्दा बढी समयदेखी उक्त टिभीमा समाचारवाचिकाका रुपमा कार्यरत छिन् ।
कमला गायिका पनि हुन् । उनले गाएको रक्तदान जीवनदान भन्ने गीत स्रोतामाझ लोकप्रीय छ । रक्तदाताका रुपमा नाम लेखाएका प्रेमसागरको रचनामा उनले स्वर दिएकी हुन् । त्यस्तै कमलो सपना नामक उनको एल्बम नै छ । दुर्गालाल श्रेष्ठका रचना र न्युह बज्राचार्यको संगीतमा उनका आठ वटा गीत स्वरबद्ध छन् । कमलै उमेरमा सपना चुँडिएर पनि उनले अरुका सपना साकार पार्ने अभियान स्वरुप सकारात्मकता झल्काउने यी गीत गाएको बताएकी छन् । अहिले उनका हात र एउटा गोडा आर्टिफिसियल छन् । तर, ठ्याक्कै उस्तै । मान्छेहरु कृतिम भनेर पत्याउनै सक्दैनन् । उनको साहस र व्यवहारले पनि उनका हात गोडा आर्टिफिसियल छन् भनेर अरुलाई पत्याउन गारो भएको हो । उनको बोलीको मिठास र मन्द मुस्कानले भेट गर्ने मान्छेले उनमा भएको अपाङगता भेउ नै पाउन सक्दैनन् ।
उनको परिचय कमला श्रेष्ठ, रेडियो कार्यक्रम सञ्चालिका, टिभी समाचारवाचिका बाहेक सामाजिक कार्यकर्ताका रुपमा पनि उत्तिकै लोकप्रीय छ । अपाङ्गता क्षेत्रमा केही गर्नुपर्छ भन्ने अन्तस्करणबाटै जागरण आएकी कमला स्वाबलम्बन जीवन पद्दति केन्द्र काठमाडौंकी कार्यसमिति सदस्य हुन् । यो सँस्थाका माध्यामबाट उनले समग्र अपाङ्गता भएका व्यक्तिहरुका अधिकारका पक्षमा वकालत गरिरहेकी छन् । अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको अपाङ्गपनको अवस्था हेरी सीप र रोजगारीको व्यवस्था गर्नुपर्ने उनको बुझाई छ । काम गर्न सक्नेलाई काम र काम गर्न नसक्नेका लागि जीवन निर्वाह भत्ता र सहयोगीको व्यवस्था गर्नुपर्ने कमलाको भनाई छ । उनी ६०१ को सभामा अपाङ्गता भएका क्षेत्रका व्यक्तिहरुको प्रतिनिधित्व नहुनुलाई दुःखद मान्छिन् । “आपैंmलाई सभासद पद चाहिएको होइन । हाम्रो जस्तै दुःख व्यहोरेकालाई सभासद् बनाउन माग गरेका थियौं । तर सुनुवाइ भएन । अरुले हाम्रा कुरा कसरी बुभ्mछन् । प्रधानमन्त्रीले यो क्षेत्रको प्रतिनिधित्व पक्का भनेका थिए । तर नेताका कुरा न हुन् । कसले पत्याउने ? उतीबेला पत्याइयो । अहिले धोका ।”–उनको गुनासो छ ।
अपाङ्गता जो सुकैलाई जुनसुकै बेला हुन सक्छ । यो जन्मजात वा जीवनको आखिरी क्षणमा पनि मान्छेमा हुन सक्ने अवस्था हो । अपाङ्गता कसैको रहरले बन्ने कुरा होइन । त्यसैले अपाङ्गता भएका मानिसलाई सबैको साथ र सहयोग आवश्यक हुन्छ । अरुको साथ र सहयोग भयो भने तथा राज्यले उनीहरुलाई दयाका पात्र नभइ अधिकारका हिस्सेदारका रुपमा व्यवहार गर्ने हो भने असम्भव केही छैन । अपाङ्गता भएका व्यक्तिहरुलाई मात्र नभइ समग्र मानवका लागि प्रेरणाको स्रोत हुन् कमला श्रेष्ठ ।
१५/१६ वर्षदेखि हात र गोडा नभएर पनि उनले पौरख गरिरहेकी छन् । उनको अदम्य साहस र परिवारको भरपूर सहयोग नै सफलताको चुलीमा पुर्याउने अचुक उपाए बनेको हो । तसर्थ अपांगता भएका व्यक्तिहरुलाई सबैभन्दा बढी त परिवारको माया र उत्प्रेरणा आवश्यक हुन्छ । परिवारले माया गरेमा समाजले पनि हेप्न सक्दैन । समाजको भन्दा बढी दायित्व राज्यको छ । राज्यले आप्mनो दायित्व बहन गर्नै पर्छ । अपांगता भएका व्यक्तिलाई सीप, अवसर, माया र उत्प्रेरणाको खाँचो छ । बस् यति भयो भने उनीहरुले सबथोक गर्न सक्छन् । अपांगता भएकाहरुले केही पनि गर्न सक्दैनन् भन्ने गलत सोचाईलाई कमलाको कमालले गतिलो झापड हानिदिएको छ ।
-रमेशप्रसाद तिमल्सिना