सवारी प्रदुषण परिक्षण

सवारी प्रदुषण परिक्षण कहिले, कसरी र किन गर्ने ?

हरेक सवारी साधन विद्युतिय सवारी साधन बाहेक ग्यास, पेट्रोल, डिजल आदीबाट चल्ने सवारी साधनले धुवाँ वातावरणमा फाल्ने हुनाले वातावरण प्रदुषण हुने गर्दछ । यसैलाईलाइ ध्यानमा राखेर कुनै चिस्चित मापदण्डसम्म बातावरणमा असर नपर्नेगरी तोकेर सवारी चलाउन पाउनको लागि नियमित सवारी साधनको प्रदुषण परिक्षण गर्नुपर्ने हुन्छ ।

कहिले कहिले सवारी प्रदुषण परिक्षण गर्ने ?

नेपालको हकमा निजी सवारी, कुटनितिक, सरकारी सवारी साधनले वर्षमा एक पटक र भाडाका सवारी साधनले बर्षमा दुइ पटक अर्थात ६।६ महिनामा सवारी प्रदुषण परिक्षण गर्नुपर्दछ ।

कसरी प्रदुषण परिक्षण गर्ने ?

नजिकैको यातायात कार्यालयमा गएर सवारी साधन परिक्षण गराउनु पर्दछ र सवारी परिक्षण पास भएपछी हरियो स्टिकर सम्बन्धित कार्यालयले उपलब्ध गराउछ त्यो स्टिकर आफ्नो सवारी साधनमा देखिनेगरी टाँस्नु पर्दछ ।

शुल्क कतिलाग्छ ?

बागमति सरकार यातायात ब्यबस्सथा कार्यालयका अनुसार आर्थिक बर्ष २०८१।८२ मा म्याद भित्र र म्याद नाघेको ७ दिन भित्र रु ३५, म्याद नाघेको ८ दिनदेखी ३० दिन भित्र १०५ रुपैया र सो अबधि पनि गुजारेमा रु १२०० देखी २१०५ रुपैया सम्म लाग्छ ।

 

  • 35Read This News:
  • 329376Total reads:
  • 160306Total visitors: