रत्नपार्क देखी सुर्यबिनायक भक्तपुर द्रुत बस सेवा संविधान दिवसको दिन देखी सुरुभएको छ । करिव ४५ मिनेटमा रत्नपार्क देखी सुर्य विनायक सम्मको यात्रा गर्न सकिने अनुमान गरिएकोछ । यो सेवा हरेक दिन विहान ९ बजे देखी ११ बजेसम्म र दिउसो ४ बजेदेखी ६ बजेसम्म सञ्चालनमा आउनेछ । यो द्रुत बस सञ्चालनको लागि काठमाण्डौको रत्पपार्क देखी भक्तपुरको सुर्यविनायक सम्म छुट्टै सवारी लेनको ब्यवस्था गरेको छ र यो लेनमा रातो रंग लगाएको छ । यो लेनमा सञ्चालन हुने बसले एम्बुलेन्स सरह सेवा पाउने छ । यो बस हरेक बिसौनीमा यात्रु ओराल्ने र बोक्ने (चढाउने) मात्र गर्दछ रोकेर बस्दैन ।
यो द्रुत बस सवारीको लागि छुट्याइएको लेनमा यो बस चल्ने समयमा अन्य सवारीलाइ यो लेनमा प्रबेश अनुमति छैन ।