धादिङ, ८ फागुन २०७४ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सडकमा राखेको सकेट बम नेपाली सेनाको टोलीले मंगलबार निष्क्रिय पारेको छ ।
मध्य धादिङको सिद्धलेक गाउँपालिका–१ कालीरहमा पर्ने कालुपाण्डे मार्गमा राखिएको सकेट बम नेपाली सेनाको देवीदत्त गणको बम निष्क्रिय टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताउनुभयो ।


