जलबिरे झरना

लामो झरना जसलाई जलबिरे झरना भनेर धेरैले चिन्ने गर्दछ । यो झरना नेपालको बागमती प्रदेश अन्र्तगत चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको वडा नंं. ६ मा अबस्थित छ । करिव १०२ मिटर अग्लो यो जलबिरे झरना अर्थात लामो झरनामा पुग्नको लागि नारायणघाट मुग्लिङ राजमार्गको मुग्लिङबाट करिब ८ किलोमिटर पार गरेपछी जलबिरे भन्ने स्थानमा पुगिन्छ । जलबिरेबाट बायातिर करिव २ किलो मिटर उकालो लागेपछी उगिन्छ यो झरना भएको ठाउमा । अनि थाहा तपाइलाइ थाहा छ ? यदि छैन भने म भन्दैछु यो झरना हेर्न तथा झरनामा नुहाएर मज्जालिनको लागि प्रबेश शुल्क लाग्ने गर्दछ तर मोटर साइकल वा स्कुटर बाहेक अन्य सवारी साधन ल्याउनु भएकोछ भने चालक बाहेक सकै यात्रुको शुल्क लिने गर्दछ । चलक सावारीधनी आफै भएपनि शुल्क लाग्दैन रे चालकको ।

यो क्षेत्रमा रकक्लाइम्बिङ र क्यानोनिङ पनि गर्न सक्नु हुनेछ । यसको लागि अतिरिक्त शुल्क लग्दछ । स्थानिय खाना परिकारको स्वादलिन त पाउनुनै हुनेछ । चितवनको जलबिरेमा अवस्थित जलबिरे झरना मुख्यतया गर्मी मौसममा उपयुक्त गन्तब्य हुन्छ । झरना क्षेत्रमा आगन्तुकहरूका लागि राम्रो सुविधा छ। झरना क्षेत्रमा सार्वजनिक शौचालयहरू, लुगाफेर्ने कोठा उपलब्ध छन्

एक दिनमा करिब हजार देखी १२ सय पर्यटकआउने जलबिरे झरना व्यवस्थापन समितिबाट जानकारी पाएका छौ।

 

  • 51Read This News:
  • 466505Total reads:
  • 275673Total visitors: