मालदिभ्समा सङ्कटकाल थप ३० दिन थपहुने

Photo: REUTERS

मालदिभ्स, ८ फागुन २०७४ । मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीनको आग्रहमा यहाँको संसदले थप ३० दिन सङ्कटकाल लम्ब्याउन सहमति दिएको छ ।

यस सम्बन्धमा मालदिभ्सको ८५ सदस्यीय संसदमा मङ्गलबार साँझ मतदान हुँदा सङ्कटकाल थप एक महिनाका लागि बढाउने पक्षमा बहुमत जुटेको हो ।

राष्ट्रपति यमीनले सोमबार संसदसँग सङ्कटकाल लम्ब्याउनका लागि सहमति माग्नुभएको थियो ।

मालदिभ्सको सर्वोच्च अदालतको फेब्रुवरी १ मा थुनामा रहेका प्रतिपक्षी दलका नेताहरू तथा स्वघोषित निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहमद नसीदको रिहाईका लागि आदेश गरेपछि राष्ट्रिय सुरक्षामा चुनौति तथा संवैधानिक सङ्कट बढेको भन्दै गत १५ दिनदेखि सङ्कटकाल लागेको हो ।

संसदमा भएको मतदानमा प्रतिपक्षी दलका विधायकले भने भाग लिएका थिएनन् । राज्यमा सङ्कटकाल लागेपछि सर्वोच्चको फैसलालाई सुरक्षाको समस्या देखाउँदै सरकारले औपचारिक रूपमा खारेज गरिएको जनाएको थियो ।

 

  • 38Read This News:
  • 459154Total reads:
  • 268691Total visitors: