मुख्य मन्त्रीमा सांसद त्रिलोचन भट्ट नियुक्त

कैलाली, ३ फागुन २०७४ । प्रदेश नं ७को मुख्य मन्त्रीमा नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ (२) बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्य मन्त्रीको शपथ ग्रहण भने यही फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गर्नुभएको थियो ।

अठचालीस वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ सांसद छन् ।

 

  • 33Read This News:
  • 459644Total reads:
  • 269150Total visitors: