बसको ठक्करबाट दुईजनाको मृत्यु

दाङ, ३ फागुन २०७४ । लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखण्डको वेल्दमार मोडमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।

आज दिउँसो काठमाडौँबाट तुलसीपुर जान लागेका ना ६ ख २३३१ नंको बसले घोराहीबाट लमही आउँदै गरेको रा ४ प २९९९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–६ देउपुर निवासी १९ वर्षीय मीनराज न्यौपाने र घोराही उपमहानगरपालिका २१ वर्षीय मञ्जित गुप्ता रहेका छन् । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

  • 36Read This News:
  • 459644Total reads:
  • 269150Total visitors: