प्रधानमन्त्री कप महिला भलिबल शुरु

बाँके, ३ फागुन २०७४ । जिल्ला भलिबल संघको आयोजनामा आजदेखि यहाँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ ।

मिस नेपाल निकिता चन्दकले उद्घाटन गर्नुभएको उक्त प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालगञ्जको कभर्डहलमा खेलाइने प्रतियोगितामा भारत, बंगलादेश र नेपालका गरी सात टोलीको सहभागिता छ ।

 

  • 47Read This News:
  • 459644Total reads:
  • 269150Total visitors: