एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नामावली

भक्तपुर, ९ माघ २०७४ । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली टुङ्गो लगाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज मध्याह्नबाट शुरु भएको स्थायी कमिटीको ९६औँ बैठकले नामावली टुङ्ग्याएको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकले १ नं प्रदेशबाट ५, २ नं प्रदेशबाट १, ३ नं प्रदेशबाट ६ र ४ नं प्रदेशबाट ४ गरी १६ जनाको नाम टुंगो लगाएको छ ।

प्रदेश नं १ बाट
नैनकला ओझा (महिला) मोरङ
खेम नेपाली (दलित) मोरङ,
हरिचरण सिवाकोटी (खुला) झापा
परशुमेघी गुरुङ (खुला) संखुवासभा र
अगम बान्तवा (अल्पसंख्यक) इलाम रहनुभएको छ ।

त्यस्तै प्रदेश नं २ बाट
सुमन प्याकुरेल (खुला) सप्तरी मात्र रहनु भएको छ

प्रदेश नं ३ बाट
पार्वती रावल (महिला) चितवन
उदया शर्मा (महिला) काठमाडौँ
सिंहबहादुर विक (दलित) सिन्धुपाल्चोक
बलराम बाँस्कोटा (खुला) काठमाडौँ
बेदुराम भुसाल (खुला) काठमाडौँ र
रामचन्द्र राई दनुवार (अल्पसंख्यक) मकवानपुर रहनुभएको छ ।

प्रदेश नं ४ बाट
रामबहादुर थापा (अपांगता) स्याङ्जा
गणेश तिमिल्सिना (खुला) पर्वत
शान्ति अधिकारी (महिला) बागलुङ र
दीपा गुरुङ (महिला) लमजुङ रहनु भएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सोमबार रातिसम्म चलेको बैठकले १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको थियो । जसमा ७ नं प्रदेशबाट ४, ५ नं प्रदेशबाट ५ र ४ नं प्रदेशबाट ४ जनाको नाम टुंगो लगाएको थियो । जसअनुसार प्रदेश नं ७ बाट
कमला ओली (महिला) कैलाली
इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर
शेरबहादुर कुँवर (खुला) अछाम
चक्रप्रसाद स्नेही (दलित) डडेलधुरा रहनुभएको छ ।

यसैगरी प्रदेश नं ६ बाट
कविता बोगटी (महिला) हुम्ला
नन्दा शर्मा (महिला) सुर्खेत
नरपति लोहार (दलित) कालीकोट
भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुमलाई उम्मेदवार बनाएको छ ।

प्रदेश नं ५ बाट
रामलखन हरिजन (दलित) पश्चिम नवलपरासी
खिमलाल भट्टराई (खुला) रुपन्देही
मीना बुढा (महिला) रोल्पा र
कोमल वली (महिला) दाङलाई उम्मेदवार बनाइएको छ ।

माघ २४ गते हुने निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरी २९ सदस्यमा उम्मेदवार दिने भएको छ ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउने निर्णयसमेत गरेको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।

 

  • 29Read This News:
  • 439206Total reads:
  • 251137Total visitors: