अमेरिकी संघीय सरकार सञ्चालनका लागि अस्थायी खर्च विधेयक पारित

संयुक्त राज्य अमेरिका १० माघ २०७४ । अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक विफल बनेपछि आएको आर्थिक अन्यौलतालाई अन्त्य गर्दै दुवै सदनले संघीय निकायहरू सञ्चालनका लागि अस्थायी रूपमा खर्च उपलब्ध गराउने सम्बन्धि विधेयकलाई मङ्गलबार पारित गरेका छन् ।

बहुमतबाट पारित भएको उक्त विधेयकले संघीय सरकार सञ्चालनका लागि अर्को साढे दुई हप्तासम्म रकम उपलब्ध गराउन सक्नेछ ।

सरकारी खर्चबारे सिनेटमा भएको यो अस्थायी विधेयकको पक्षमा ८१ मत र विपक्षमा १८ मत खसेको थियो ।

रिपब्लिकन र डेमोक्र्याट्सहरूले अस्थायी रुपमा रकम उपलब्ध गराउने उक्त विधेयक पारित गरेपछि बन्द रहेका सरकारी कार्यालयहरू मंगलवारबाट पुनः खुल्ने अपेक्षा गरिएको छ ।

खर्चसम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको भन्दै विदेशमा लड्न पठाइएका सेनालाई तलब खुवाउनसमेत समस्या भएको थियो ।

फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक रहेकोमा आप्रवासन र सीमा सुरक्षाजस्ता विषयमा चर्को विवादबीच त्यो पारित हुन सकेको थिएन ।

पूर्व राष्ट्रपति बाराक ओबामाको पालामा ल्याइएको कार्यक्रमअन्तर्गत केटाकेटी हुँदा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरूलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने डेमोक्र्याटहरूको माग विवादको मुख्य विषय रहँदै आएको छ ।

खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएपछि राष्ट्रपति ट्रम्पको कार्यालयले डेमोक्र्याटहरूले राजनीतिक स्वार्थ हेरेका कारण पछिल्लो अवस्था निम्तिएको आरोप लगाएको थियो ।

 

  • 43Read This News:
  • 459407Total reads:
  • 268919Total visitors: