डोल्पा, १ असार २०७४ । डोल्पामा भाइरल ज्वरोको प्रकोपले ३ जनाले ज्यान गुमाएका छन् ।
तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा फैलिएको भाइरल ज्वरोले ३ जनाले ज्यान गुमाउन परेको हो भने त्यस्तै सैयौँ जनालाई टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्याले थलिएका छन् ।
भाइरल ज्वरोकै कारणले मुड्केचुला–६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको हो ।
तल्लो डोल्पाको विभिन्न गाउँमा महामारीको रुपमा फैलिएको भाइरल ज्वरोको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहित औषधि पठाइसकेको र वितरण सुरुभइकेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख डा श्रीकान्त अग्रवालले बताए ।
“जिल्लाबाट खटिएका स्वास्थ्यकर्मीले घरघरमै पुगेर उपचार
संगै औषधिसमेत वितरण गरेका छन् । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोको प्रकोप फैलिए पनि आत्तिनुनपर्ने डा. अग्रवालले बताए ।
डा अग्रवालले उमालेको पानी पिउन, न्यानो कपडाको प्रयोग गर्न तथा प्रकोप फैलन नदिन सङ्क्रमित व्यक्तिले मास्क प्रयोग गर्नसमेत सुझाव दिएकोछ ।


