इलाम, २४ चैत २०७३ । नेपाल आर्मी क्लब इलाममा जारी तेस्रो अन्र्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
ईलामको ठूलो टुँडिखेलमा बुधबार भएको पहिलो सेमिफाईनलमा नेपाल आर्मी क्लबले र नेपाल पुलिस क्लबलाई २/० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा छ ।
यस खेलको म्यान अफ दि म्याच घोषित हुन सफल नेपाल आर्मी क्लबका बिमल पाण्डेले ७ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।
दोस्रो तथा अन्तिम सेमिफाईनल ए. पि. यफ क्लब र झापा ११ बिच बिहिबार हुनेछ ।
-परेश सापकोटा


