अटोरिक्सामा आफैले लगाएको लुगा बेरिदाँ एकको ज्यान गयो

बर्दिया, २४ चैत्र २०७३ । कैलालीको टीकापुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको अटो रिक्सामा सवार एक जना महिलाको आज बर्दियाको राजापुर नगरपालिका २ दौलतपुरमा ज्यान गएको छ ।

समाचार स्रोतका अनुसार राजापुरतर्फ गइरहेको से १ ह १०५१ नम्बरको अटोरिक्सामा सवार टीकापुर नगरपालिका वडा नं.–५ नयाँ टीकापुरकी ३० वर्षीया शान्ति दाहालको ज्यान गएको हो ।
राजापुर उपचारका लागि गइरहेकी दाहालको बर्दियाको राजापुर क्षेत्रमा दोपट्टा अटोरिक्साको पाँग्रामा वेरिदाँ उनी रिक्साबाट सडकमा झरेकी थिइन ।

उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटो मै ज्यान गएको जनाइएको छ ।

दाहाल टीकापुरस्थित प्रगतिशील वाल विद्यामन्दिर विद्यालयकी वाल विकास सहयोगी कार्यकर्ताका रूपमा कार्यरत थिइन् ।

-विक्रम कायस्थ

 

  • 41Read This News:
  • 448938Total reads:
  • 260405Total visitors: