कृषकलाई रु २ करोडको सामग्री वितरण

दोलखा, २४ चैत २०७३। दोलखा जिल्लाका कृषकलाई ग्रामीण विकास टुकी सङ्घ दोलखा र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) दोलखाले रु २ करोड ८ लाख ७८ हजार ४९८ बराबरको सामग्री प्रदान गरेको जनाएको छ ।

सदरमुकाम चरिकोटमा मंगलबार परियोजना समापन गोष्ठी तथा छलफल कार्यक्रमको आयोजना गरी परियोजनाले सो जनाएको हो । डाइकोनी क्याट्यासट्रोफन हिल्फे जर्मनीको आर्थिक सहयोगमा यी संस्थाहरुले कृषि सामग्री वितरण र प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा रु २ करोड ८ लाख ७८ हजार ४९८ बराबरको सामग्री बाँडेको दाबी गरेका छन् ।

गत वर्षको भदौ महिनादेखि दोलखामा सञ्चालित पारिवारीक कृषि पुनःनिर्माण परियोजना अवधि समाप्त भएको छ । लिबर्डका माधव पौडेलले परियोजनाबारे कार्यपत्र प्रस्तुत गर्दै कृषि सामग्री वितरण कार्यक्रमअन्तर्गत हिउँदे तरकारी, गहुँ, मसुरो, तोरी, केराउ, मकै, धान, वर्षे तरकारी, कृषि औजार, हजारी, हमेटिक ब्याग, सिलपोलिन, ज्याव प्लान्टरलगायतका सामग्री वितरण गर्दा सो रकम बराबरको खर्च भएको बताए ।

यसैगरी, प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमअन्र्तगत निर्माण, मर्मत तथा सुधारतर्पm विभिन्न खानेपानी तथा सिँचाई योजना मर्मत तथा सुधार र पहिरो नियन्त्रण मर्मत सुधारलगायत गरी रु ३१ लाख ९७ हजार २६८ बराबरको कार्यक्रम सञ्चालन गरिएको पौडेलको भनाई छ ।

प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमअन्तर्गत नै वृक्षरोपणतर्पm बाँस, बडहर, लप्सी, मलागीरी, मसला, अमृसो, किम्बु, मुसुरे कटुस, टिमुर, तितेचाँपलगायतका बिरुवा रु ३ लाख ४० हजार ८सय खर्च गरी वृक्षरोपण गरिएको जनाइएको छ ।

विसं २०७२ भदौ ३ गतेदेखि २०७३ फागुन १७ गतेसम्म सञ्चालित परियोजनाको जम्मा बजेट रु २ करोड ४४ लाख १६ हजार ५६६ रहेको थियो ।

परियोजना गौरीशंकर गाउँपालिकाको चंखु, झ्याकु, मार्बु, सुरी, खारे, विगु गाउँपालिकाको बुलुङ, लादुक ओराङ र कालिन्चोक गाउँपालिकाको लामीडाँडा र लापिलाङमा सञ्चालन गरिएको थियो ।

 

  • 33Read This News:
  • 480720Total reads:
  • 288177Total visitors: