दक्षिण कोरियाली प्रतिपक्षी दलले मुनलाई राष्ट्रपति उम्मेदवार बनाउने

दक्षिण कोरिया, २२ चैत २०७३। दक्षिण कोरियाको प्रतिपक्षी दल मिन्जु पार्टीले आफ्नो आधिकारिक राष्ट्रपतिको उम्मेदवारमा सोमबार मुन जाए इनलाई छानेको छ ।

मिन्जु पार्टीका अध्यक्षसमेत रहेका मुन मत सर्वेक्षणमा सबैभन्दा अग्रणीस्थानमा देखिनुभएको थियो ।

मुनले विभिन्न चार चरणमा गरिएको प्राइमरी मत सर्वेक्षणमा ५७ प्रतिशन मत प्राप्त गर्नुभएको थियो ।

दक्षिण कोरियामा आगामी मे महिनाको ९ तारिखमा हुने राष्ट्रपतीय निर्वाचनमा सन् २०१२ मा पूर्व राष्ट्रपति पार्क ग्युन हेबाट पराजित बनेका मुन पुनः प्रतिस्पर्धा गर्नुहुनेछ ।

नियमित समय तालिकाअनुसार दक्षिण कोरियामा राष्ट्रपतिका लागि निर्वाचन सन् २०१७ को डिसेम्बरमा हुने कार्यक्रम रहे पनि भर्खरै महाभियोगद्वारा राष्ट्रपतिबाट हटाइएका पार्कको बहिर्गमनसँगै निर्वाचन तालिकासमेत परिवर्तन भएको हो ।

 

  • 40Read This News:
  • 448660Total reads:
  • 260129Total visitors: