इलाम, २२ चैत २०७३ । नेपाल पुलिस क्लब इलाममा जारी तेस्रो अन्र्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
ईलामको ठूलो टुँडिखेलमा सोमबार भएको तेस्रो क्वाटर फाईनल खेलमा नेपाल पुलिस क्लबले र मनाङ्ग मस्याङ्दी क्लबलाई १/० गोल अन्तरले पराजित गरेको छ ।
नेपाल पुलिस क्लबका लागि एक मात्र निर्णायक गोल खेलको ३६ औँ मिनेटमा अभिशेख रिजालले गरेका थिए ।
यस खेलको म्यान अफ दि म्याच घोषित हुन सफल नेपाल पुलिस क्लबका भोला सिलवालले ७ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।
परेश सापकोटा


