इलाम, २१ चैत २०७३ । झापा ११ फुटबल क्लब इलाममा जारी तेस्रो अन्र्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
ईलामको ठूलो टुँडिखेलमा आईतबार भएको खेलमा झापा ११ ले रुपन्देही ११लाई टाईब्रेकरमा ४/३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको थियो ।
खेलको निर्धारित समय र अतिरिक्त समय दुवै गोल रहित बराबरीमा सम्पन्न भए पछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो ।
यस खेलको म्यान अफ दि म्याच घोषित हुन सफल झापा ११ फुटबल क्लबका गोल किप्पर किसोर गिरीले ७ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन ।
प्रतियोगिताको तेस्रो सेमिफाईनल खेल मनाङ्ग मस्र्याङ्दी क्लब र नेपाल पुलिस कलबबिच आज हुने छ ।
-परेश सापकोटा


