कराँते विशेष प्रशिक्षणकालागि ओझा र श्रेष्ठ जापान प्रस्थान

काठमाण्डौ, ७ चैत २०७३ । कराते प्रशिक्षक विशेष प्रशिक्षणमा सहभागी हुन दीपक श्रेष्ठ र फणिन्द्र ओझा आज जापानको सिघा प्रस्थान गरेका छन् ।
मार्च २० देखि एक महिनासम्म चल्ने प्रशिक्षण सोतो कराते डो संघ, सिघाको आयोजनामा हुन लागेको हो ।

दुवै प्रशिक्षकहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सातदोबाटोमा आजै बिदाइ गर्यो ।

 

  • 37Read This News:
  • 453043Total reads:
  • 264262Total visitors: