रुपन्देही, ७ चैत २०७३ । भैरहवामा जारी शशिकान्त सकुन्तला बर्मा टि २० क्रिकेकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा बुम एम सी सी भैरहवा विजयी भएको छ ।
भैरहवास्थित सिद्धार्थ रङ्गशालामा भएको खेलमा बुम एम सी सी ले देवदह क्रिकेट युनिट देवदहलाई ६ रनले पराजित गरेको थियो ।
आजै भएको अर्को खेलमा न्यू हराईजन क्रिकेट क्लब बुटवल र प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब विच भएको थियो । सो खेल भने वर्षाका कारण बिचमै रोकिएको कारण दुवै क्लबलाई १÷१ अङ्क बाँडिएको थियो ।


