आठौँ सिमरा गोल्डक कपको सेमिफाइनलमा हिमालयन सेर्पा क्लव

वारा, २४ माघ २०७३ । हिमालयन सेर्पा क्लब आठौँ सिमरा गोल्डक कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । बाराको सिमरा रङ्गशालामा सोमबार भएको खेलमा हिमालयन सेर्पा क्लबले रुपन्देही ११ फुटबल क्लबलाई १/० गोल अन्तरले पराजित गरेको हो ।

हिमालयन सेर्पाका लागि एक मात्र विजयी गोल निसान लिम्बुले खेलको ५२ औँ मिनेटमा गरेका थिए । यस खेलको म्यान अफ दि म्याच पनि निर्णायक गोल कर्ता निसान लिम्बु घोषित भएका थिए । उनले पुरस्कार स्वरुप ५ हजार रुपैँया प्राप्त गरेकोछ ।

परेश सापकोटा

 

  • 210Read This News:
  • 459769Total reads:
  • 269265Total visitors: