काठमाण्डौ, २४ माघ २०७३ । राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा आज काठमाण्डौमा २ ओटा गीतको सामुहिक बिमोचन भएको छ ।
दौतरी क्रियसन प्रालिको प्रस्तुतिमा रहेको शुभ श्री लुङ्गेली “झम्के”को लोकदोहोरी एल्बम “आमालेत छोडेर गैहालिन” र योगेस बर्माको “ठान्यौ सानी कच्चा”को गीत एक साथ् बिमोचन गरिएकोछ ।
नेपाली सामाजिक कथामा अनुबन्धित आफ्नो पिता प्रबासमा रहदा यता आमा अर्कै संग विवाह गरेको बिषय बस्तुलाई समेटिएको छ, लोकदोहोरी गीत “आमालेत छोडेर गैहालिन”मा । यस एल्वममा बाल गायिका श्रीतु आले मगरले आवाज छ भने लय संचारकर्मी रामचन्द्र श्रेष्ठको हो । गीतमा शब्द शुभ श्री लुङ्गेली “झाम्केको रहेको छ ।
यसैगरी अर्को गीत “ठान्यौ सानी कच्चा”मा आवाज देवी घर्ती ,योगेस बर्मा र अर्जुन घिमिरेको रहेको छ भने लय तथा शब्द योगेस बर्माकै रहेको छ ।
उक्त दुवै गीतलाई दौतरी क्रियसन प्रालिले बजारमा ल्याएकोछ ।
राष्ट्रिय लोकसंचारकर्मी नेपालको अध्यक्ष हरि बल्लभ नेपालको सभापतित्वमा विमोचन गरिएको थियो ।
कमल सरगम


