वारा, २१ माघ २०७३ । ८ औँ रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिता वाराको सिमरामा विहिवारदेखी शुरु भएकोछ । शुरुवाती खेलमा सरस्वती युथ क्लबले विजयी यात्रा तय गरेकोछ ।
उद्घाटन खेलको म्यान अफ दि म्याच घोषित भएका सरस्वती युवा क्लवका क्याप्टेन दिपेश श्रेष्ठले ५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन ।
प्रतियोगितामा प्रथम हुने क्लबले ५ लाख ५१ हजार र दोस्रो हुने क्लबले २ लाख ५१ हजार रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।
परेश सापकोटा


