मनाङ्ग मस्र्याङदी क्लब झापा गोल्ड कपको सेमिफाईनलमा

झापा, २१ माघ २०७३ । मनाङ्ग मस्र्याङदि क्लब झापा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

झापाको विर्तामोड स्थित डोमालाल रङ्गशालामा बिहिबार भएको खेलमा मनाङ्ग मस्र्याङदी क्लबले न्यू रोड टिम एन आर टि लाई ४÷० गोल अन्तरले पराजित गरेको थियो ।
त्रिभुनल आर्मी क्लबका लागि निराजन मल्ले २ र सुसिल लामा र ओलावाले अफिजले १÷१ गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच घोषित भएका मनाङ्ग मस्र्याङदी क्लबका रोहित चन्दले ७ हजार रुपैँया प्राप्त गरेका थिए । यो खेल सम्पन्न भए संगै झापा गोल्ड कपको सेमिफाईनल समिकरण पुरा भएको छ ।

आज पहिलो सेमिफाईनल आयोजक झापा ११ र हिमालयन सेर्पा क्लबबिच हुने छ भने दोस्रो सेमिफाईनल मनाङ्ग मस्र्याङदी क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ ।

परेश सापकोटा

 

  • 37Read This News:
  • 474299Total reads:
  • 282629Total visitors: