काठमाण्डौ, २१ माघ २०७३ । प्रथम काठमाण्डौ अन्तराष्ट्रिय क्योरुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप माघ २७ देखि २९ गते सम्म काठमाण्डौँमा आयोजना हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा आयोजना हुने प्रतियोगितामा नेपाल सहित कोरिया, भारत, बंगलादेश, भुटान, मलेशिया, ईन्डोनेशिया र सिंगापुरका करिव ५ सय खेलाडीहरुको सहभागिता रहने आयोजक युनाईटेड तेक्वान्दो डोजाङ्गद्वारा काठमाडौँमा आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
परेश सापकोटा


