प्याराग्लाईडिङ्ग सिक्ने क्रममा दुर्घटना


कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १८ साराङ्कोट रातमाटास्थित प्याराग्लाईडिङ्ग सिक्ने क्रममा २३ बर्षिय ओमित गुरुङ्ग फेवातालमा खसेको थियो निजलाई सकुशल उद्दार गरिएकोछ ।

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका ६ भोर्लेटार घर भई हाल कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १२ बस्ने २३ बर्षिय ओमित गुरुङ्ग प्याराग्लाईडिङ सिक्ने क्रममा उक्त तालमा खसेका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायमक निरीक्षक दिपेन्द्र विष्टको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले निज गुरुङ्गलाई सकुशल उद्वार गरेको हो ।

 

  • 210Read This News:
  • 311130Total reads:
  • 150853Total visitors: