
काजकिस्तानमा ग्याँसको मुल्यबृद्धिको विरोधमा गरिएको प्रदर्शनले हिंस्रकरुपलिएको छ । हाल काजकिस्तानको राष्ट्रपति कासिम जोमार्त तोकायेव रहेता पनि २९ वर्षसम्म राष्ट्रपति रहेका पूर्व राष्ट्रपति नुरसुल्तान नजरवायेवको कारण देशमा यो अबस्था आएको आम जनताको धारणा छ । राष्ट्रपति पदवाट हटेपनि सुरक्षा परिषदको प्रमुखमा पूर्व राष्ट्रपति नजरवायेवनै थिए । अहिले यो हिंसाका कारण उनलाई सुरक्षा परिषदको प्रमुखको जिम्मेवारीबाट हटाएको छ ।
२७ लाख वर्गकिलोमिटरमा फैलिएको देश काजकिस्तानमा मात्र २ करोड जनसंख्या छ । जसमा देशको आधा भन्दा वढी सम्पत्ती २ सयजना नागरिकको अधिनमा रहेको अनुमान गरिन्छ ।