
झापा,
झापा जिल्लाको मेचीनगर नगरपालिका ८ जोरसीमल स्थित पूर्वपश्चिम लोकमार्गबाट पौष २१ गते सशस्त्र प्रहरीले प्लाईउड लोड भएको ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर बताउने ३५ बर्षिय राजु खान र २४ बर्षिय उस्मान खान छन् । भारतीय नम्बरको ट्रकमा राखी अबैध रुपले प्लाईउड नेपालतर्फ ल्याउँदै गरेको भन्ने विषेश सूचनाको आधारमा उक्त ट्रक सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद प्लाईउड तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजश्व कार्यालय झापामा बुझाईएको छ ।