टुर दि पोखराको पाँचौँ संस्करण आउँदो पुष १२ गते पोखरामा

साइकल सिटी पोखराको प्रमुख आयोजना र नेपाल आयल निगमको प्रायोजनमा आउँदो पुष १२ गते “थोपा थोपा इन्धन बचाऔं” भन्ने मुल नाराका साथ टुर दि पोखराको पाँचौँ संस्करण हुने भएकोछ ।

कार्यक्रममा पोखरा सहित मुलुकका बिभिन्न स्थानबाट करिब एक हजार भन्दा बढीको सहभागि हुने अनुमान गरिएको कार्यक्रम संयोजक राजन गोङग्जुले बताउनु भयो ।

नेपाल आयल निगमको मुख्य प्रायोजनमा हुने उक्त कार्यक्रममा पुष ९ गते रक्तदान कार्यक्रम र पुष ११ गते जिल्ला स्तरिय खुल्ला साइकल दौड प्रतियोगिता हुने संयोजक गोङग्जुले बताउनु भयो ।
१८ किलोमिटर दुरीको प्रतियोगितामा विजेतालाई ७ हजार, उपविजेतालाई ५ हजार र तेश्रो हुनेलाई ३ हजार प्रदान गरिने भएको छ । । प्रतियोगितामा खेलाडीहरुले दर्ता शुल्क वापत ५ सय रुपैया शुल्क तिनुपर्ने छ भने सो रकमबाट खेलाडीहरुको अनिवार्य रुपमा बिमाको व्यबस्था गरिने साइकल सीटी पोखराका निवर्तमान अध्यक्ष प्रकाश बज्राचार्यले बताउनु भयो । ।

tore de pokhara 3वातावरण मैत्री तथा बिना इन्धनको साधन, धुलो धुवा रहित, स्वास्थ्य र मनोरन्जनको समेत साधन साइकललाई पोखरामा बढी मात्रमा प्रयोग हुने वातावरण सृजना गर्न विभिन्न कार्यक्रम गर्दै आएको र एक हात गुमाएकासाइकलिस्ट विकास गर्बुजालाई कार्यक्रमको सद्भावना दुतको रुपमा घोषणा गरेको साइकल सीटी पोखराका अध्यक्ष महेन्द्रराज कोइरालाले जानकारी दिनुभएको छ ।

साइकल सिटी पोखराका बरिष्ठ सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरामा अन्य सवारी साधनको तुलनामा साइकलको प्रयोग बढाउन सुझाव दिनुभयो ।

टुर दि पोखरामा करिब ३२ किलोमिटर दुरीको यात्रा निर्धारण गरिएको छ । पोखरा प्रदर्शनी केन्द्रबाट शुरु हुने यात्रा, पृथ्बीचोक, पोखरा बसपार्क, बुद्धचोक, रामबजार, अमरसिंहचोक, हस्पिटलचोक, रानीपौवा, महेन्द्रपुल, सिद्धार्थचोक, भैरवटोल, बगर, पुरानो टुडिखेल, हरिचोक, हेमजा मिलनचोक हुदै हेम्जाकोटमा पुगेर समापन हुने भएको छ ।

कार्यक्रमको अन्तिम दिन पुष १२ गते दिउँसो ३ बजेपछि काहुँडाँडामा साइक्लिङ गर्दै एक रात बसाई हुने र कार्यक्रम सम्पन्न गर्न करिब १९ लाख ३५ हजार खर्च लाग्ने साइकल सीटी पोखराका निवर्तमान अध्यक्ष प्रकाश बज्राचार्यले बताउनु भयो ।

 

  • 248Read This News:
  • 0Visitors currently online: