
उषा थपलियाको रचना र संगीतमा उनी र उनकी १५ वर्षीया छोरी संविदा वाग्लेले गाएको युगल गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतको एरेन्ज गायक तथा संगीतकार रिदम कँडेलले गरेका छन् ।
गीतमाथि बनेको भिडियो केहि दिनअघि पुर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालले एक समारोहबीच काठमाडौंमा सार्वजनिक गरेका थिए । छोरी जन्मेदेखि एउटी आमाका अनुभूति र आमाप्रति छोरीको अनुग्रह गीतका शव्दहरुले समेटेको गायिका तथा रचनाकार थपलियाले बताइन् ।
भिडियो नाद स्टुडियोले तयार गरेको हो । गीतको म्यूजिक भिडियोमा आश्री सेढाई, अरिन कँडेल, मानसी थपलिया र मिली आचार्यले अभिनय गरेका छन् ।
सोही समारोहमा उषा थपलियाको कृति ‘नारी ! तिमी हारेकी छैनौ’ र छोरी संविदा वाग्लेको कृति ‘नवपल्लव’ को समेत पूर्वप्रधानमन्त्री नेपाल लगायत विभिन्न स्रष्टाहरुले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।