केन्यामा आगलागीमा परी १५ को मृत्यु

केन्या, १५ असार २०७५ । केन्याको सवैभन्दा ठूलो खुल्ला बजार गिकोम्बामा भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

राजधानी नैरोवीको ग्रामिण क्षेत्रमा रहेको सो बजारमा भएको घटनामा परी अरु ५० जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

“स्थानीय समय अनुसार बुधबार राती २ बजेतिर घटना भएको थियो, घाइतेहरुलाई स्थानीय केन्याटा राष्ट्रिय अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ,” अस्पतालका एक अधिकारीले भने ।

प्रत्यक्षदर्शीहरूले आगोले जलेका केही व्यक्तिहरु घाइते अवस्थामै दौडेको देखेको बताएका छन् ।

सेकेण्डह्याण्ड कपडा, विद्युतीय सामग्रीहरु, किराना सामानलगायतका सामानहरु बेच्ने बजारको रुपमा सो बजार चर्चित थियो ।

घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेको अस्पतालका स्वास्थ्यकर्मीहरूले जनाएका छन् । आगलागी भएको बजार नजिकै रहेका घरहरुमा पनि आगोको असर पुगेको छ ।

नैरोवी प्रहरी कार्यालयका प्रमुख जोसेफ ओल टिटोले घटनाका बारेमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिनुभयो ।

 

  • 64Read This News:
  • 417378Total reads:
  • 230134Total visitors: