भियतनाममा बाढीमा परी २२को मृत्यु

भियतनाम, १५ असार २०७५ । भियतनामको उत्तरी भागमा पर्ने पहाडी इलाकामा जारी भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।

यस प्रकोपमा परी थप ९ जना अझै वेपत्ता रहेका यहाँको राष्ट्रिय प्रकोप नियन्त्रण विभागले बिहीबार जानकारी दिएको छ ।

भियतनामको ३ वटा प्रान्तमा आएको यस बाढी र पहिरोमा परी ती व्यक्तिको मृत्यु भएको र बेपत्ता भएका सो विभागले थप जानकारी दिएको छ ।

एक हप्तायता भियतनाममा भारी वर्षापछि जारी यस बाढी र पहिरोको कारण २१ करोड अमेरिकी डलर बराबरको नोक्सानी भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

 

  • 67Read This News:
  • 417378Total reads:
  • 230134Total visitors: