पुटिन र ट्रम्पको शिखर वार्ता फिनल्याण्डको हेलसिन्कीमा हुने

रसिया, १५ असार २०७५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताको मिति र स्थान बिहीबार सार्वजनिक गरिएको छ ।

लामो समयदेखि प्रतिक्षा गरिएको उहाँहरूको शिखर वार्ता आउँदो जुलाई महिनाको १६ तारिखमा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीहरुले बताएका छन् ।

रूसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा उहाँहरूको शिखर वार्ता, मिति र स्थानका बारेमा ट्रम्प र पुटिनसँगको परामर्श र सहमतिमा निर्णय भएको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सीन्कीमा दुई पक्षीय शिखर वार्ता गर्न सहमत हुनुभएको छ ।”

 

  • 62Read This News:
  • 417378Total reads:
  • 230134Total visitors: