इजिप्टमा बर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

इजिप्ट, १४ कात्तिक २०७३। इजिप्टका विभिन्न भूभागमा आएको व्यापक वर्षापछि नदीमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या शनिबार १८ जना पुगेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बर्षाका कारण शुक्रबार कम्तिमा १२ जनाको मृत्यु भएका मन्त्रालयले बताएको थियो ।

बाढीपछि बढेर आएको खहरे खोला तर्ने क्रममा एक बसलाई बगाउँदा शुक्रबार एकै ठाउँमा ६ जनाको मृत्यु भएको थियो । बाढीका कारण नौ जनाको दक्षिणी सिनाइ प्रान्तको पूर्वी क्षेत्र रेडसी क्षेत्रमा भएको छ भने अन्य तीन जनाको मुलुकका विभिन्न स्थानमा मृत्यु भएको थियो ।

ब्यापक वर्षापछि इजिप्टका नदी तथा खोलाहरू उर्लेर आएपछि कतिपय नदी किनारामा रहेका बस्तीहरू डुबानमा परेका हुन् ।

इजिप्टमा शीतकालीन समय सुरु हुनुभन्दा पहिले पर्ने वर्षाका कारण हरेक वर्ष यहाँको जनजीवन नराम्ररी प्रभावित हुने गर्दछ । जसका कारण नदी किनारमा निर्माण भएका गरिब बस्तीमा बसोबास गर्ने दर्जनौं मानिसले डुबान तथा बाढीमा परी ज्यान गुमाउने गरेका छन् ।

 

  • 49Read This News:
  • 473309Total reads:
  • 281826Total visitors: