जर्मनी, १४ कात्तिक २०७३ । जर्मनीको रसायनिक पदार्थ उत्पादक कम्पनी बास्फले यही महिना आफ्नो प्लाण्ट विष्फोट भई घाइते भएका एक अन्य नागरिककोे मृत्यु भएको जनाएको छ ।
यसअघि उक्त प्लान्ट विष्फोटनका कारण ३ जनाको मृत्यु भएको थियो । अक्टुबर १७ गते भएको विष्फोटमा परी यसअघि १ जना डुङ्गा चालक र २ जना अग्नी नियन्त्रकको मृत्यु भएको थियो ।
घटनामा घाइते भएका दर्जनौँ अन्य नागरिकको जर्मनीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


