पश्चिम भारतमा पाँच जनाको करेन्ट लागी मृत्यु

भारत, १४ कात्तिक २०७३। भारतको पश्चिमी राज्य गुजरातमा धातुका चिम्नी बोकिरहेकाबेला चिम्नीले विद्युत् लाइनमा छुँदा करेन्ट लागि कम्तीमा ५ जना मजदुरको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

शुक्रबार राति जयपुरको महापुरा इलाका भएको उक्त घटना शुक्रबार एक कार्यक्रममा क्याटरिङ सेवा प्रदान गरी सामान उठाउने क्रममा भएको थियो ।

चिम्नी बोकिरहेका मजदुरलाई ११ हजार केभी हाइटेन्सन लाइनमुनिबाट सामान उठाउने क्रममा करेन्ट लागि घटनास्थलमै उनीहरुको मृत्यु भएको थियो । भारतीय प्रहरीले घटनाको छानबिन सुरु गरेको जनाएको छ ।

 

  • 47Read This News:
  • 458619Total reads:
  • 268182Total visitors: