पाकिस्तान, १४ कात्तिक २०७३ । पाकिस्तानका सूचनामन्त्री पर्भेज रसीदले आफुमाथि ‘सुरक्षा गोपनियता’ भङ्ग गरेको आरोप लागेपछि राजीनामा दिनुभएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।
मन्त्री रसीदले उच्च तहमा भएका सुरक्षा बैठकका गोपनीयताको विषयलाइ आफ्नो मन्त्रालय अन्तर्गतका सञ्चारमाध्यमार्फत बाहिर आएपछि यसको कमजोरी मन्त्रीको पनि भएको भनी आरोप लागेपछि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले उहाँको राजीनामा माग गर्नुभएको प्रधानमन्त्री सरिफका प्रवक्ता नसादक मल्लिकले पुष्टि गर्नुभयो ।
यसैबीच, पाकिस्तानको गृहमन्त्रालयले सूचना चुहाउन को को दोषी थिए भन्ने विषयमा छानबिन सुरु गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्रीद्वारा अध्यक्षता गरेर सरकारका प्रभावशाली मन्त्रीहरु तथा उच्च सैनिक अधिकारीबीच भएको बैठकका कुरा सार्वजनिक रुपमा बाहिर आएपछि यो कारबाही प्रक्रियालाई अगाडि बढाइएको हो ।
पाकिस्तानी एक अङ्ग्रेजी दैनिकमा बैठकमा राजनीतिक तथा सैनिक नेतृत्वबीच विचारमा मत भिन्नता आएको विषयमा समाचार छापिएको थियो ।


