‘बजेट १८’ ले विश्व अर्थतन्त्रमा भारतलाई शक्तिशाली रूपमा स्थापित गर्ने

India Budget

भारत, १९ माघ २०७४ । भारतीय केन्द्रीय सरकारका गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले मुलुकको केन्द्रीय बजेट २०१८ ले गरेका प्रस्तावहरू ‘ऐतिहासिक’ भएको बिहीबार बताउनुभएको छ ।

भारतीय परिवहन मन्त्री नितिन गडकरीले बजेटले शहर र गाउँबीचको दूरीलाई कमी गरेर लान बताउनुभयो । मन्त्री गडकरीले भन्नुभयो, “१० करोड परिवारलाई ५ लाखको स्वास्थ्य वीमा गर्ने वजेटको प्रस्ताव एक बृहद कदम हो । यो ऐतिहासिक बजेट हो ।”

गृहमन्त्री सिंहले “बजेट प्रगतिशील तथा समुन्नत भारतका” लागि आएका बताउनुभयो । यसले भारतको गाउँ र शहरबीच रहँदै आएको दूरीलाई नजीक पार्न पुलको काम गर्ने उहाँको प्रतिक्रिया रहेको छ ।

यो एक बृहद् बजेट हो जसले गरिब, किसान, तथा जनजातीको लागि धेरै कुराको घोषणा गरेको छ ।

“यो बजेटले विश्व बजारमा भारतलाई मजबुत शक्तिशाली अर्थतन्त्रका रूपमा स्थापित गर्नेछ,” सिंहले बताउनुभयो ।

यसैगरी अर्थमन्त्री अरुण जेट्लीले यो बर्षको बजेटले खासगरी कृषि क्षेत्रलाई मजबुत पार्ने, शिक्षा, स्वास्थ्यसेवा तथा भौतिक संरचनाको सुधार गरी चार धारणालाई मुख्य केन्द्रमा राखेको बताउनुभयो ।

जेट्लीले आफ्नो सरकारको आयुष्मान भारत योजना अन्तर्गतको पाँचौ बजेटमा जनताको स्वास्थ्य सेवालाई निकै उचाइमा पु¥याउने नयाँ दुई मापदण्डमा भएको घोषणा गर्नुभयो ।

जेट्लीले कर्पोरेट आम्दानी कर कम्पनीका लागि २५ प्रतिशत कटौति गरिने प्रस्ताव ल्याउनुभएको छ । यो योजना बार्षिक २ अर्ब ५० करोड भारतीय रुपैँयासम्मको कारोबार गर्ने कम्पनीका लागि लागु हुने उहाँले बताउनुभयो ।

बजेट प्रस्ताव प्रस्तुत गर्दै जेट्लीले भन्नुभयो, कर्पोरेट कर परिवर्तनले करिब ७ हजार भारतीय कम्पनीमा सुधार आउनेछ भने यस योजनाका कारण सरकारले उठाउँदै आएको राजस्वमा ७० अर्ब भारतीय रूपैँया बराबरको कमी आउनेछ ।

यसबाट प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएको आर्थिक बर्ष २०१४/१५ मा ३४.४५ उठ्ने कर्पोरेट करमा कमी आई २०१७/१८ मा २८.१८ प्रतिशतराजस्व उठ्ने जेट्लीको आँकलन छ ।

 

  • 47Read This News:
  • 406398Total reads:
  • 219742Total visitors: