रोहिङ्ज्यालाई दुई बर्षभित्र म्यानमार फिर्ता गर्ने सहमति

थाइल्याण्ड, ३ माघ २०७४ । लाखौँको सङ्ख्यामा म्यानमारबाट बङ्गलादेशका विभिन्न भागमा बसोबास गर्दै आएका रोहिङ्ज्या मुशलमानलाई आगामी दुई बर्षभित्र फिर्ता गर्ने लक्ष्यसहित सहमति भएको बङ्गलादेशका अधिकारीले जनाएका छन् ।

मङ्गलबार बङ्गलादेशको विदेशमन्त्रालयले शरणार्थी फिर्ता गर्न गठन भएको दुई देशको संयुक्त कार्यदलले आफूलाई दिएको काम सोमबार सम्पन्न गरेको र आगामी दुई बर्षभित्र लाखौँको सङ्ख्यामा बङ्गलादेशका विभिन्न ठाउँमा रहेका रोहिङ्ज्या शरणार्थीलाई फिर्ता गर्ने लक्ष्यका साथ सहमति गरिएको बताएको छ ।

“शरणार्थी फिर्ता प्रक्रिया आगामी दुई बर्षमा सक्नेमा दुबै देशका प्रतिनिधि सहमत भएका छन् ।”

म्यानमार र बङ्गलादेशले शरणार्थी फिर्ताका लागि गत नोभेम्बरमा शुरुवाती सहमति गरी कार्यदल बनाएर उक्त कार्यलाई व्यवस्थित गर्न जिम्मेवारी तोकिएको थियो ।

सहमति अनुसार म्यानमारले हरेक हप्ता १५ सय जना रोहिङ्ज्या शरणार्थीलाई फिर्ता लग्ने बङ्गलादेशले जनाएको छ ।

दुई वर्षभित्रमा शरणार्थीहरू फिर्ता भइसक्ने दुवै देशले आशा व्यक्त गरेका छन् ।

बङ्गलादेशको सीमाक्षेत्रमा बनाइएका अस्थायी शिविरहरूमा साढे ६ लाखभन्दा बढी रोहिंज्या शरणार्थी बस्दै आएका छन् ।

 

  • 32Read This News:
  • 441485Total reads:
  • 253354Total visitors: