आदिवासी जनताको अधिकारको सम्मान गर्न पोपको आग्रह

चिली, ३ माघ २०७४ । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले आदिवासी जनताको अधिकार र संस्कारको सम्मान गर्न राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

चिलीको भ्रमणमा रहनुभएका पोपले मङ्गलबार यहाँ आइपुगेपछि पहिलो सम्बोधन गर्दै यहाँको राजनीतिक नेतृत्वलाई लक्षित गर्दै भन्नुभयो, “आदिवासी जनतालाई सुन्न जरुरी छ । उनीहरू प्राय विर्सिइने गरेका र आदिवासी जनताको कतिपय संस्कार र संस्कृति विर्सिइ सकिएको र सदियौदेखि जिवित संस्कार जोगाउनु सबैको कर्तव्य हो ।
उनीहरूको अधिकार र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो ।”

उहाँले आफ्नो उक्त सम्बोधनमा चिलीको दक्षिणी भागमा बसोबास गर्दै आएका मापुचे समुदायको अधिकार र संस्कृति सम्वद्र्धनका लागि सङ्केत गरेको भएपनि प्रत्यक्ष मापुचे शब्दको भने प्रयोग गर्नुभएन । चिलीमा रहँदा क्रिश्चियन धर्मगुरुले मापुचे समुदाय र यहाँका अगुवाहरूलाई भेट्ने कार्यक्रम रहेको छ । चिलीमा मापुचे समुदायको बसोबास इशापूर्व ६००–५०० तिरदेखि रहँदै आएको पाइन्छ ।

उहाँले दक्षिण अमेरिकी मुलुक चिलीका चर्चमा यौनहिंसा प्रकरणबारे सुन्दा आँफूलाई दुःख साथै लाज महशुस भएको बताउनुभयो ।

चिलीका धर्मगुरु रेभ फर्डान्डो कारादिमालाई सन् २०१० पूर्व आदर्शवादी धार्मिक व्यक्तित्व मानिदै आएकोमा उहाँले १९८० को दशकमा चर्चको नेतृत्व सम्हालेकै समयमा दर्जनौँ बालबालिकामाथि यौनहिंसा भएको भनी सन् २०१० पछि पिडितले सार्वजनिक गरेपछि उहाँको जीवनका काला कर्तुत सार्वजनिक भएका थिए ।

भेटिकन पोपले पनि कारादिमा बालबालिका माथि भएका यौनहिंसाका आरोपमा कारादिमा र तत्कालिन चर्चको नेतृत्व दोषी रहेको ठहर गरिसकेको छ

 

  • 38Read This News:
  • 474244Total reads:
  • 282579Total visitors: