होन्डुरसको राष्ट्रपतिमा हेर्नान्डेज पुनःनिर्वाचित

होन्डुरस, ४ पुस २०७४ । होण्डुरसको सर्वोच्च निर्वाचन अदालतले बाहलवाला राष्ट्रपति वान ओर्लान्डो हेर्नान्डेजलाई नै पुनः राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा उहाँले विपक्षी गठबन्धनका उम्मेदवार साल्भाडोर नाश्राल्लालाई झिनो मतअन्तरले पराजित गर्नुभएको हो ।

हेर्नान्डेजको सत्तारुढ नेश्नल पार्टीले निर्वाचनमा ४२.९५ प्रतिशत मत पाएको थियो । उहाँका प्रतिद्वन्द्वी नाश्राल्लाले ४१.४२ प्रतिशत मत पाउनु भएको निर्वाचन अदालतका अध्यक्ष डेभिड मातामोरोसले जानकारी दिनुभयो ।

विपक्षीहरुले भने निर्वाचन अदालतको घोषणा असंवैधानिक र त्रुटीपुर्ण भएको दावी गरेका छन् । निर्वाचनका क्रममा मात्रै नभई विजयी घोषणामा पनि त्रुटी रहेको नाश्राल्लाले बताउनु भयो ।

 

  • 16Read This News:
  • 417681Total reads:
  • 230436Total visitors: