आज गाईजात्रा (सापारु)

गाईजात्रा नेपालको नेवार समुदायले मुख्य रूपमा मनाउने एक ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व हो। यो प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइन्छ जनै पूर्णिमाको भोलिपल्ट।

वर्षभरि दिवंगत भएका आफन्तहरूको आत्माको चीर शान्ति र सद्गतिका लागि यो पर्व मनाइन्छ। परम्पराअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी दिवंगत आत्मा सजिलै स्वर्ग पुग्छन् भन्ने धार्मिक विश्वास छ। त्यसैले गाई वा साना बालबालिकालाई गाईको भेषमा सिँगारेर नगर परिक्रमा गराइन्छ।

मल्ल राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको अल्पायुमै मृत्यु भएपछि शोकाकुल बनेकी रानीलाई सान्त्वना दिन यो पर्व सुरु गरिएको मानिन्छ। राजाले रानीलाई संसारमा आफन्त गुमाउने तिमी एक्लो होइनौु भनी देखाउन नगरबासीलाई आ(आफ्नो घरबाट दिवंगत भएका व्यक्तिको नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। रानीको अनुहारमा हाँसो ल्याउन राजाले विभिन्न हाँस्यव्यङ्ग्य र रमाइला झाँकीहरू प्रदर्शन गर्न लगाएका थिए, जसले पछि परम्पराको रूप लियो।

काठमाडौँ, भक्तपुर, पाटनका साथै देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदाय भएको स्थानमा विशेष उत्साहका साथ यो गाइजात्रा पर्ब मनाइन्छ । भक्तपुर र पोखरामा निकालिने घिन्ताङघिसी र ताहामचा नाच यसको प्रमुख आकर्षण हुन्। यो पर्ब आजको दिनदेखी कृष्णजन्माष्टमी सम्म मनाउने गरिन्छ । पोखरामा बिगत केही बर्षदेखी गाइजात्रा प्रतियोगितापनि निरन्तर गर्न थालिएकोछ ।

यस अवसरमा कलाकार तथा सर्वसाधारणले विकृति, विसङ्गति, राजनीति र समसामयिक विषयमाथि खरो व्यङ्ग्य र प्रहसन प्रस्तुत गर्छन्। शोकलाई उत्सव, हाँसो र आत्मबलमा बदल्ने अनुपम सन्देश दिने पर्वका रूपमा गाईजात्रा परिचित छ।

 

  • 31Read This News:
  • 480895Total reads:
  • 288346Total visitors:

Be the first to comment

Leave a Reply