विश्व मानवअधिकार दिवस १० डिसेम्बरका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना सन्देश

काठमाडौँ, २४ मंसिर २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मानवअधिकार दिवस १० डिसेम्बरका अवसरमा शुभकामना सन्देश दिँदै मानवअधिकारको सिलसिलामा सदैव नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताका विषयमा समेत मनन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सो अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालको संविधानले मानवअधिकारको सम्मान, संरक्षण, संवद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गरेको र मानवअधिकारको कार्यान्वयनका लागि विभिन्न निकायको व्यवस्था भएकामा आफूलाई खुशी लागेको उल्लेख गर्नुभएको छ ।

“राज्यका निकायबाट हुने कार्य सम्पादनबाट मानवअधिकारको प्रत्याभूतिको आभास जनताले गर्नेछन् भन्ने मलाई लाग्छ । यस दिवसले मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न संलग्न हुनुहुने सबैलाई सफलता र प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”– सन्देशमा भनिएको छ ।

 

  • 39Read This News:
  • 453176Total reads:
  • 264384Total visitors: