आज नेप्सेमा दुई अङ्कको सुधार

काठमाडौँ, १० कात्तिक २०७३। मङ्गलबार दोहोरो अङ्कले झरेको नेप्से आज २।४६ अङ्कले माथि उक्लिएको छ ।

होटल, फाइनान्स, बिमा र अन्य समूहको परिसूचक उकालो लागेको छ भने बाणिज्य बैंक, विकास बैंक, जलविद्युत् समूहको परिसूचक ओरालो लागेको छ ।

सबैभन्दा बढी बिमा समूहको परिसूचकमा १०५ अङ्कले बढेकाले समग्र नेप्सेमा सुधार आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । जलविद्युत् आधा र विकास बैंक ६.३९ अङ्कले ओरालो लागेको छ । बुधबार दिनभर १३० कम्पनीको रु ८१ करोड ८२ लाख सेयर कारोबार भएको छ । सबैभन्दा बढी शिखर इन्स्योरेन्सको ६ करोड ३७ कित्ता सेयर किनबेच भएको छ ।

 

  • 88Read This News:
  • 458524Total reads:
  • 268096Total visitors: