इण्डोनेसिया, ११ कात्तिक २०७३ । इन्डोनेसियाको एउटा अवैध सुनखानीमा पानी र हिलोले थुनिएर बुधबार ११ जनाको मृत्यु भएको छ ।
सुमात्रामा रहेको सो खानीमा उनीहरु निकै साँधुरो बाटोबाट भित्र छिरेका थिए । उनीहरु भित्र भएकै बेला भारी वर्षा भएपछि पानी र माटोको ढिस्का उनीहरु भएको ठाउँमा झरेर उनीहरु थुनिएको बताइएको छ ।
प्रहरी प्रवक्ता कुस्वाह्युदी ट्रेस्नादीले घटनामा परी मृत्यु भएकाहरु २१ देखि ५५ वर्षका रहेको जानकारी दिनुभयो । भित्र रहेका कोही पनि बाँचेको आशा नगरिएको उहाँले बताउनुभयो ।
इण्डोनेसियाका सुनखानीमा यस्तै घटना भएर मानिसहरुको मृत्यु हुने घटना पछिल्ला केही वर्षदेखि निकै धेरै भएका छन् ।


