गठबन्धन टुटेपछि किर्गिजस्तानका प्रधानमन्त्रीद्वारा राजीनामा दिने

किर्गिजस्तान, १० कात्तिक २०७३ । सत्ता समीकरणमा सघाएको किर्गिज राष्ट्रपतिको दल सरकारी गठबन्धनबाट बाहिरिए पछि प्रधानमन्त्री सुरुनवे जिनवेकोभले सरकारबाट राजीनामा दिनहुने भएको छ । उहाँ १३ अप्रिल २०१६मा मुलुकको आठौँ प्रधानमन्त्री हुनुभएको हो ।

राष्ट्रपतिको दल र प्रधानमन्त्रीबीच यहाँको राजनीतिक विषयमा खिचातानी भएपछि गठबन्धन तोडिन पुगेको बताइएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री अताम्वयवले वर्तमान् सरकारबाट राजीनामा गर्ने पत्रमा हस्ताक्षर गरिसक्नुभएको जनाइएको छ ।

यद्यपि प्रधानमन्त्री अताम्वयवले नयाँ गठबन्धनका लागि मुलुकका अन्य दलसँग पहल गरी छिट्टै अर्को सत्ता समीकरण बनाउन पहल थाल्ने विश्लेषकहरुको भनाई छ ।

राजनीतिक सङ्कटबाट ग्रस्त पूर्व सोभियत राज्य किर्गिजस्तानमा गत वर्षको संसदीय निर्वाचनपछि अप्रिलमा बनेको सरकारले स्थायित्व पाउने आशा गरिएको थियो ।

सन् २०१० मा चलेको आन्दोलन र जातीय हिंसामा करिब ५०० नागरिकले ज्यान गुमाए पनि यी आन्दोलनमा उठाएका मुद्दा समाधान हुन नसक्दा मुलुक र राजनीतिक खिचातानीका बीच अघि बढिरहेको छ ।

kyrgyzstan-prime-ministers

 

  • 58Read This News:
  • 417434Total reads:
  • 230190Total visitors: