सुनसरी, ९ कात्तिक २०७४ । सुनसरी जिल्लाका पश्चिम क्षेत्रमा पर्ने बराह नगरपालिकाको प्रकाशपुर राजावास क्षेत्रको भित्री सडकखण्डमा को २५ प ८८४३ नंको मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
उक्त घटनामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बन्नुभएकी ८४ वर्षीया लीलामाया राईलाई घटनापछि उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पु¥याई उपचार गर्ने क्रममा आज मृत्यु भएको प्रहरीले बताएको छ ।
बुधबार अपराह्नतिर भएको उक्त मोटरसाइकल दुर्घटना गराउने मोटरसाइकल र त्यसका चालक भोक्राहा गाउँपालिका–३ का ४८ वर्षीय सत्यनारायण शर्मालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अघि बढाएको पनि प्रहरीले बताएको छ ।


